नव प्रतिभा बचत सहकारी संस्थाको साधारणसभा सम्पन्न

प्रकाशित मिति:

नवलपरासी /नव प्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रिय कार्यालय मध्यविन्दु १० आरुणखोला नवलपरासीको २१ औं वार्षिक साधारणसभा आइतबार आरुखोलामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चन्द्र मणि खरेलको अध्यक्षता,नेपाल बचत तथा केन्द्रिय सहकारी संघका अध्क्ष गिरी बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा विशिष्ट अतिथिको रुपमा प्रदेश नम्बर ४ का सांसद जनकलाल श्रेष्ट तथा जिल्ला बचत संघका अध्यक्ष माधव गौतमको बिशेष आतित्थ्यता रहेको थियो थियो भने अतिथिहरु मध्य विन्दु नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चुरा बहादुर थापा, मध्यविन्दु नगरकार्यपालिका सदस्य एवं न्यायपालिका सदस्य दुर्गा लक्ष्मि काफले, मध्यविन्दु उद्योग बाणिज्य संघका महासचिव चेतन पौडेल, देव विकास बैंक अरुणखोलाका म्यानेजर टिका वाक्वल, संस्थाका पुर्व अध्यक्ष धु्रब बहादुर थापा क्षेत्री लगाएत रहनुभएको थियो ।

कार्यक्रममा संस्थाका सचिव मोहन सिंह थापाले २०७४, ७५ को कुल २ करोड ४० लाख २६ हजार ५ सय ४९ रुपिया बराबरको बार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष कृष्ण बहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका सहायक महाप्रबन्धक विमला पाठकले गर्नु भएको थियो