बुटवलमा खुल्यो ५ करोड लगानीमा रोडिज अटो मार्ट

प्रकाशित मिति:

बुटवल/विभिन्न ब्राण्डका साना गाडीहरुको र्ममत सम्भार साथै डाएग्नोस्टिक तथा स्क्यानिङ, पेन्टिङ तथा सम्पूर्ण कार्य गर्नेगरी बुटवलमा रोडज आटो मार्ट स्थापना भएको छ । उक्त मार्टको आज एक कार्यक्रमका बीच बाल ब्रहमचारी ईश्वरीय विश्व विद्यालय नेपालका सह निर्देशक, बाल ब्रहमचारिणी वरिष्ठ राजयोगिनी कमला दिदीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथी कमला दिदीले मार्टको सफलताको कामना गर्दै सवारी साधनको प्रयोगकर्ताहरुका लागि यस अटो मार्टका सुविधाले अन्यत्र धाउने समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

करिब ५करोडकोे लगानीमा स्थापित मार्टले हप्ताको सातै दिन सेवा उपलब्ध गराउने तथा नेपालको कुनै स्थानमा पनि गाडी बिग्रएमा सो स्थानमै पुगेर गाडीको मर्मत गर्ने सुविधा पनि उपलब्ध गराईने मार्टका संचालक तथा प्रबन्ध निर्देशक सुदिप विक्रम कार्कीले जानकारी दिनुभयो ।अटो मार्टका संचालक विजय कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल ब्रहमचार्य राजयोगि नारायण भाईजी, एनसिसी बैंक ५ न प्रदेशका प्रमुख मेघनाथ पाण्डे, प्रिमियर ईन्सुरेन्सका मयानेजर विक्रम अधिकारी, पत्रकार यमलाल भुषाल, समाजसेवी तिलकराम पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन सन्जु पौडेलले गर्नुभएको थियो ।