ग्लोबल आईएमई बैंकका सिईओ ले दिए राजीनामा

प्रकाशित मिति:

ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले पदबाट राजीनामा दिएका छन् ।१४ महिना अघिमात्र प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका पौडेलले समय अगावै राजीनामा दिएका हुन् । स्रोतका अनुसार सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालसँग कुरा नमिलेपछि उनले राजीनामा दिएका हुन् ।

सहायक महाप्रबन्धकको रुपमा ग्लोबल आईएमई बैंक प्रवेश गरेका पौडेल सहायक महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए । ३ वर्ष कार्यकाल बाँकी छदै पौडेलले राजीनामा दिएका छन् ।सन् १९८७ मा असिस्टेन्ट लेभलबाट बैंकिङ्ग करियर सुरु गरेका पौडेलले नबिल बैंक, एनआईसी एसिया, लक्ष्मी बैंक हुँदै लण्डनमा अध्ययनसँगै त्यहीको बैंकमा पनि काम गरेका थिए । तत् पश्चात ग्लोबल आईएमई बैंकमा पौडेलले काम सुरु गरेका थिए ।ग्लोबल आईएमई बैंकमा शर्माभन्दा अघिका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पनि आफ्नो कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए ।