काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न आव्हान गरेका छन् । स्विटजरल्याण्डको डाभोसमा मंगलबार विश्व आर्थिक मञ्चको ४९ औं बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीको वातावरण बनेको बताएका हुन । प्रधानमन्त्री ओलीले ‘स्ट्राटेजीक आउटलुक अन साउथ एसिया’ सत्रलाई सम्बोधन गर्दै नेपालको सामाजिक, आर्थिक, रुपान्तरणका लागि सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको बताए । उनले सरकारले वातावरण संरक्षण, दीगो विकास र जनतामा समर्पित भएर काम गरिरहेको उल्लेख गरे ।
सरकार भावी पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासको प्रयासमा लागि रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।












