आजबाट बुटवलमा कृषि मेला

प्रकाशित मिति:

प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ संचालन हुंदैछ । बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ २६ गतेसम्म चल्ने मेलामा कृषि सम्वन्धि एक सय २६ स्टल सहभागि हुदै छन् । मेलाका अवसरमा कृषि केन्द्रित प्रतियोगिता, अन्र्त्क्रिया गोष्ठि र सचेतनाका कार्यक्रमहरु पनि आयोजना हुने उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले जानकारी दिनुभयो । मेलामा प्रदेश नम्वर ५ को उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उपमहानगरपालिका र किसानका लागि उन्नत बिउबिजन कार्यक्रम प्रबद्र्धकको भुमिकामा रहेका छन् ।२०६२ सालदेखि पहिलो पटक कृषि मेला आयोजना बुटवल उद्योग वाणिज्य संघले राष्टिय औद्योगिक व्यापार मेला आयोजना नगर्दाको बर्ष कृषि मेला गर्दै आएको छ । संघले बिशिष्किृत रुपमा आयोजना गरेको यस बर्षको कृषि मेला नवौ संस्करण हो ।मेलाको आज ११ बजे प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले उद्घाटन कार्यक्रम रहेको संघका महासचिव दिनेश प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।