नरेश चौधरी मुर्गिया- सैनामैनाको मुर्गियामा आज एक कार्यक्रमका विच मेगा बैंक सैनामैना शाखाकोे उद्घाटन भएको छ । शाखा कार्यालयलाई एक कार्यक्रमका बिच सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गर्नु भएको हो । शाखा कार्यालय उद्घाटन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले वित्तिय संस्थाहरुले वित्तिय संस्थामा भएका विभिन्न किसिमका गलत क्रियाक्लापलाई हाटाई सेवाग्रहीहरुलाई विश्वासनिय तरिकाले चुस्त दुरुस्त तरिकाले सेवा दिनु पर्ने बताउनु भएको थियो ।

उहाँले भन्नुभयो – ‘केहि बैंक तथा लाघुवित्त, वित्तिय संस्थाहरुले ॠण लागानीको नाममा समुह गठन गर्ने र विना धितो अत्याधिक ॠण लगानी गर्ने, कम धितोमा बढि ॠण दिने, ब्याज नतिर्दा ब्याजलाई साँवामा रुपान्तरण गर्ने र अन्त्यमा सेवाग्राहीहरु ॠण तिर्न नसक्ने अवस्था श्रृजना हुने, सेवाग्रहीलाई विभिन्न बहानमा शोषण गर्ने तथा चिठ्ठा खेलाए जस्तो गरि जनतालाई क्रृणको भारी बोकाउने गरेको जनगुनासो बढेको भन्दै नगरप्रमुख कार्कीको गुनासो थियो । अबको २,३ दिन भित्रै कार्यपालिकाको बैठक बसि राष्ट्र बैंकको निति अनुरुप वित्तिय संस्थाहरुलाई कार्य गर्न गराउनका लागि एउटा ठोस निर्णय गरिने र मापदाण्ड विपरित कार्य संचालन गरिरहेका वित्तिय संस्थाहरुलाई काम नगर भित्र गर्न नदिईने समेत नगर प्रमुख कार्कीले बताउनु भयो ।
कार्यक्रममा बुटवलका शाखा प्रमुख अर्जुन खड्काले २०६७ साल देखि स्थापन भएको बैंकको हाल चुक्त पुजिको हिसाबामा मेगा बैंक दोस्रो ठुलो बैंक रहेको र करिब ६ लाख सेवाग्राही रहेको, तिन हजार सेयर धनी, १०२ ओटा शाखा, ८५ ठाउँमा एटिएम सेवा, १९ ओटा एक्टेन्सन काउन्टर सेवा, ११९ ओटा शाखा रहित बैंकिङ केन्द्र रहेको बताउनु भयो ।












