सुजुकी बर्गम्यान १२५ स्कूटरको भब्य लंच र र्याली साथै शोरुम उदघाटन

प्रकाशित मिति:

भैरहवामा सुजुकी टु ह्वीलर्सको लागी सिदार्थ मोटर्स भैरहवा लुम्बिनी गेट नजिकै सुजुकी बर्गम्यान १२५ सी सी को भब्य लंच सहित र्याली समपन्न गरेको छ आज फालगुन ७ गते पत्रकार सम्मेलन गरी आफने शोरुममा शोरुम उद्घाटन , सुजुकी बर्गम्यान बिक्री सुभारम्भ तथा र्याली सम्पन्न गरेको हो । हाल सम्म नेपालमा उपलब्ध स्कुटरहरु मध्ये सबै भन्दा आकर्षक तथा सुविधा जनक यो स्कूटर यस प्रकारको पहिलो त्यस्तो किसिमको म्याक्सी–स्कूटर हो, जसमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सिसिको शक्तिशाली इन्जिन जडित छ । स्कूटरको अग्र भागमा डिस्क ब्रेक छ भने ५.६ लिटर क्षमताको प्रेट्रोल अट्ने क्षमता राख्दछ ।

डिजिटल ड्यासबोर्ड रहेको यो स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् । एरो डाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि युएसबि पोर्ट, पञ्जा राख्ने भाग जस्ता विविध सुविधाजनक विशेषताहरु पनि यस स्कुटरमा रहेका छन् । फरक खालको बनावटको कारणले यो स्कुटर अत्यन्त आकर्षक देखिनुका साथै बाक्लो र विस्तारित सिटले यसलाई चलाउँदा छुट्टै प्रकारको अनुभूति महशुस हुन्छ ।

यो स्कूटर सबै १२५ सिसिका स्कूटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापितहुने कुरा निर्विवाद रहेको कुरा सिदार्थ मोटर्स भैरहवा का अध्यक्ष दिनेशमान अमात्य ज्यू ले जानकारी गराउनु भएको थियो । यो चौथो पुस्ताको हरेक चालकले खोजिरहेको एक सम्पूर्ण प्याकेजको स्कूटर पनि हो । हाल यसको नेपालको बजार मूल्य रु.२,२९,९०० कायम गरिएको छ । सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो र हाल विश्वका प्रायःजसो सबै देशहरुमा यसको उपस्थिति रहेको छ । विश्वमा सर्वाधिक अवार्डहरु प्राप्त गर्न सफल सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन् र नेपालभर ७८ ठाउ बाट सुजुकी को प्रोडक्ट एउटै छाना मुनि सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स बिक्री बितरण नेपाल को ठुलो घराना भी जी आटोमोबाइलस प्रा ली ले गर्दै आएको जानकारी अवगत नै छ

भैरहवा तथा आसपासका क्षेत्रमा बिक्री पछिको सेवा प्रभावकारी रुपमा प्रदान गर्ने क्षमता राख्ने सिदार्थ मोटर्स ले सेल्स, सर्भिस र स्पियर्स सजीलो संग उपलब्ध गराउदै आएको छ । आज मिति २०७५।११।७ गते प्रमुख अतिथि भैरहवा उधोग बाणिज्य संघका अध्यक्ष श्री कुल प्रसाद न्यौपाने ज्यूबाट विधिवत रुपमा सुजुकी बर्गम्यान १२५ सीसीको बिक्री शुभारम्भ साथै शोरुम उद्घाटन भएको थियो भने कार्यक्रम माँ बिशिस्ट अतिथिहरुमा लाइन्स कल्ब अफ सिदार्थ नगर का अध्यक्ष थिरिन्द्र श्रेष्ठ , प्रहरी अफिसर भैरहवाको नारद कार्की , सिदार्थ बैंक का भैरहवा शाखा म्यानेजर जीबन घिमिरे , मुक्तिनाथ बिकाश बैंक का म्यानेजर बिकल छेत्री उप्स्थिति थियो साथै अर्का अतिथि हरुमा माँ नेपाल को लागी भी जी सुजुकी कम्पनीका एरिया सेल्स म्यानेजर धनीराम भुसाल र भी जी सुजुकीका मार्केटिंग म्यानेजर नबराज कोइराला ले पनी दैनिक जीबन मा मानब को लागी स्कूटर जीबन साथी जस्तै भएको छ सबैलाई समयमा पुर्याउने र यात्रा सहज हुने , समय को बचत , हिमाल पहाड़ तराई सबै ठाउमा चलाउन मिल्ने स्कूटर हामीले ल्याएका छौ र सुजुकी ब्राण्ड जापनिज कम्पनिको भएकोले ५ बर्ष को वारन्टी दीएका छौ ,हामीलाई सेवा गर्ने मौक़ा दिनुहोस भनेर भन्नु भयो ्र कार्यक्रम माँ प्रमुख अतिथि , बिशिस्ट अतिथि , अतिथिहरु सबैले आ आफ्नो मंतब्य राखनु भएको थियो कार्यक्रम माँ ट्राफिक इंस्पेक्टर देब ब पौडेल ले ट्राफिक अवारनेस सम्बंधित आफ्ना मन्तब्य राखनु भएको थियो सुजुकी बर्गम्यानको भैरहवा परिक्रमा हुने गरी याली पनि सम्पन्न भएको छ । कार्यक्रममा सुजुकी भैरहवा को सुजुकी बिक्रेता सिद्धार्थ मोटर्सका अध्यक्ष श्री दिनेस मान अमात्य ज्यू ले कार्यक्रमको सभापतित्व गर्नु भएको थियो सिद्धार्थ मोटर्सका अध्यक्ष श्री दिनेस मान अमात्य ज्यूले कार्यक्रममा हामीलाई सेवा गर्न दिनुस हामी ले भैरहवा लगाएत यस क्षेत्र माँ रोजगार सिर्जना गर्न को लागी बिभिन्न अटो क्षेत्रमा लागानी गरेको छौ र बिक्री पछि को सेवा राम्रो हुने जानकारीको मंतब्य सहित कार्यक्रम समापन गर्नु भएको थियो