सिद्धार्थ मोटर्स भैरहवाद्धारा सुजुकी वर्गम्यान १२५ सिसी स्कुटरको विक्री शुभारम्भ

प्रकाशित मिति:

सुजुकी टु ह्वीलर्सको लागि सिद्धार्थ मोटर्स भैरहवाले सुजुकी वर्गम्यान १२५ सिसी स्कुटरको विक्री शुभारम्भ गरेकोे छ । साथै सिद्धार्थ मोटर्स शोरुम उद्घाटन, स्कुटर लञ्च कार्यक्रम र ¥याली सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले दु्रत गतिका साधन नभए उद्धेश्य प्राप्ति गर्न नसकिने बताए । उनले सिद्धार्थ मोटर्सले उपभोक्ताको मन जित्नेमा विश्वास व्यक्त गरे ।विशिष्ट अतिथि मुक्तिनाथ विकास बैंकका भैरहवा शाखा प्रबन्धक विकल क्षेत्रीले नेपाल राष्ट्र बैंकको नीति अनुसार बैंकले लघुवित्त कर्जा प्रदान गर्दै आएको बताए ।सिद्धार्थ मोटर्स भैरहवाका अध्यक्ष दिनेशमान अमात्यले स्कुटर १२५ सिसीका स्कुटरहरुको समूहमा एक बेञ्चमार्कको रुपमा स्थापित हुने बताए । उनले चौथो पुस्ताको हरेक चालकले खोजिरहेको सम्पूर्ण प्याकेज भएको स्कुटरमा सुजुकी वर्गम्यान पर्ने बताए ।

सुजुकी कम्पनीका मार्केटिङ म्यानेजर नवराज कोइरालाले सुजुकी जापानिज बाइकहरु निर्माणमा ख्याती प्राप्त विश्ककै एक अग्रणी बाइक निर्माता रहेको र हाल विश्वका प्रायजसो सबै देशहहरुमा यसको उपस्थिति रहेको बताए ।विश्वमा सर्वाधिक अवार्डहरु प्राप्त गर्न सफल सुजुकी बाइकहरु नेपालमा विभिन्न आर्कषक रंगहरु र विविध मुल्यमा उपलब्ध छन, नेपालभर ७८ ठाउँबाट सिजुकीको प्रोडक्ट एउटै छानामुनी सेल्स, सर्भिस र स्पेयर पाटर्स विक्रीवितरण नेपालको ठूलो घराना भीजी अटोमोबाइल्स प्रा.लि. गर्दै आएको छ, कोइरालाले भने ।हाल सम्म नेपालमा उपलब्ध स्कुटरहरुमध्ये सबैभन्दा आकर्षक तथा सुविधाजनक यो स्कुटरमा १४ इञ्च आकारको ट्युबलेस ठूला टायरहरु रहेको सिद्धार्थ मोटर्सले जनाएको छ ।सुजुकी वर्गम्यान १२५ मा ७५०० आरपिएममा ७.८ बिएचपिको शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सिसीको शक्तिशाली इञ्जिन जडित छ । स्कूटरको अग्रभागमा डिस्क व्रेक र ५.६ लिटर क्षमताको पेट्रोल अट्ने क्षमता छ । डिजिटल ड्यासबोर्ड रहेको यो स्कुटरमा एलइडी हेडलाइट, एलइडी टेल ल्याम्प जडान गरिएका छन् ।एरो डायनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि युएसबी पोर्ट, पञ्जा राख्ने भाग जस्ता विविध सुविधाजनक विशेषताहरु पनि स्कुटरमा छन् । फरक खालको बनावटको कारणले यो स्कुटर अत्यन्त आर्कषक देखिनुका साथै बाक्लो र विस्तारित सिटले यसलाई चलाउँदा छुट्टै प्रकारको अनुभुति महसुस हुन्छ । हाल सुजुकी वर्गम्यान १२५ को नेपालको बजार मुल्य २ लाख २९ हजार ९ सय कायम गरिएको छ । हिमाल, पहाड र तराई सबै ठाउँमा चलाउन मिल्ने सुजुकी वर्गम्यान रहेको र जापानिज कम्पनीको भएकोले ५ वर्षको वारेन्टी दिइएको सिद्धार्थ मोटर्सले जनाएको छ ।