घुम्ती कपास उद्योग नियन्त्रण गर्न ब्यवासाहीहरु को माग

प्रकाशित मिति:

बुटवल -अबैधानिक रुपमा संचालित कपडा पेल्ने घुम्ती उद्योगहरुको कारण आफ्नो उद्योग धरासायी भएको भन्दै कपास तथा सिरक डसना उद्योग व्यवसायीहरुले घुम्ती कपास उद्योगको नियन्त्रण गर्न माग गरेका छन् । उद्योगहरुको नियमनकारी निकायले यस्ता घुम्ती उद्योगहरुलाई प्रचलित औद्योगिक मापदण्डभित्र ल्याउन नसक्दा आफ्नो उद्यम नै चपेटामा परेको भन्दै कपास तथा सिकर डसना उद्योगीहरु यस्तो माग गरेका हुन्। पुराना कपडाहरुलाई अबैधानीक तवरमा संचालन भइरहेका कपडा पेल्ने घुम्ती उद्योगहरुले सिरक तथा डसना बनाई खुलेआम विक्री तथा वितरण गर्दै आएकोप्रति उनिहरुको विरोध रहेको छ ।

रुपन्देही जिल्लामा मात्रै हाल २५ ओटा भन्दा धेरै कपडा पेल्ने घुम्ती उद्योगहरु रहेका छन् । वुटवलमा आयोजित एक पत्रकार सम्मेलनमार्फत कपास उद्योगि तथा व्यवसायीहरुले अवैधानिक रुपमा ट््याक्टरमा कार्डिङ् मेसिन जडान गरि संचालनमा आएका भुम्ती उद्योगहरुलाई अविलम्व नियन्त्रण गर्न माग गरेका छन्। कार्डिङ मेसीन वातावरण प्रदुशणको एक कारक तत्वका रुपमा चिनिन्छ । उनिहरुको अबैधानिक घुम्ती उद्योगलाई नेपालको औद्योगिक ऐन अनुसार दर्ताको दायारामा ल्याउनुपर्ने उनिहरुको माग रहेको छ ।

पत्रकार सम्मेलनमा कपास तथा सिरक डसना उद्योग व्यवसायी संघकी केन्द्रीय अध्यक्ष चन्दना कोइरालाले पुराना तथा टुक्रा कपडाहरु प्रशोधन गरि बजार सम्म पु¥याई बेच्नेसम्मको स्विकृत लिई सञ्चालनमा आएका उद्योग एवं व्यवसायहरु अवैधानिक घुम्ती उद्योगका कारण पुर्णरुपमा बन्दहुन अवस्थामा आईपुगेको बताउनुभयो । उहाँले नियमनकारी निकायले प्रभावकारी भूमिका नखेल्दा उद्योगको प्रचलित ऐन विपरित चलेका यस्ता उद्योगहरुले वातावरण प्रदुशण गरिरहेको पनि आरोप लगाउनुभयो ।यस्तै संघका केन्द्रीय महासचिव श्याम पौडेलले कृषिका नाममा लिइएका अनुदानको दुरुपयोग गर्दै कपडा पेल्ने उदेश्यका साथ ट्रयाक्टर खरिद गर्ने र त्यसमा अत्याधिक प्रज्वलनशिल कार्डिङ मेसीन जडान गरि बजार बजार डुलाउने गरिएको आरोप लगाउनुभयो । उहाँले अबैधानिकरुपमा यसरी संचालन भईरहेका घुम्ती उद्योगहरुलाई छिटो भन्दा छिनो ऐनको दायरामा ल्याउन नियमनकारी निकायलाई आग्रह गर्नुभयो । उहाँले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकालगायतका केही स्थानय तहहरुले अबैधानिक भनिएका केही यस्ता उद्योगहरुको दर्ता गरेको भन्दै आपत्ति समेत जनाउनुभयो । संघका रुपन्देही जिल्ला अध्यक्ष जगन्नाथ भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बुटवल, नवलपरासी, चितवन तथा कपिलवस्तु लगायतका कपास तथा सिरक डसना उद्योगिहरुको सहभागिता रहेको थियो ।हाल प्रदेश ५ मा ३ सय ५० ओटा भन्दा भेरै कपास तथा सिरक डसनाका उद्योगहरु संचालनमा छन्् ।