जलेश्वर । महोत्तरीका एक व्यक्तिको अपहरणमा परेको झण्डै तीन सातापछि भारतबाट सकुशल उद्दार गरिएको छ ।गौशाला नगरपालिका ८ का २९ वर्षीय सुरेश साह फागुन १९ गते अपहरणमा परेका थिए । उनले भारतबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अपहरणकारीले उनका भिनाजु अमरनाथ महतोलाई फोन गरी फिरौती मागेका थिए । उक्त फोन लोकेसन भारतको बेतिया तथा बगहा भन्ने ठाउँमा देखिएपछि प्रहरीले भारतीय प्रहरीसँग समन्वय गर्यो ।
५ चैतमा फिरौती रकम लिन आएका बाराको रामपुरका मुन्ना भन्ने सुरज चौधरी र काशी साह कानु पक्राउ परे । मुन्नाको साथमा एक राउण्ड लोड गरिउको कटुवा पेस्तोलसहित गोली चार थान बरामद भयो ।उनीहरुको बयानका आधारमा सुरेशलाई बाल्मिकीनगरको मैन्मा जंगलको नहर छेउमा बन्धन बनाएको अवस्थाबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।












