गुल्मी उद्योग वाणिज्य संघ गुल्मीद्वारा हावाहुरी पीडितहरुको लागि आर्थिक सङ्कलन

प्रकाशित मिति:

रमेश विश्वकर्मा,गुल्मी गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले बारा र पर्साका हावाहुरीबाट भएका पीडितहरुको लागि आर्थिक सहयोग सङकलन गरेको छ ।जिल्लाको सदरमुकाम तम्घासमा बुधबार बारा र पर्सामा यहि चैत १७ गते आएको हावा–हुरीबाट भएका पीडितहरुको लागि गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले स्थानीय व्यवसायीहरुबाट आर्थिक सहयोग सङकलन गरेको हो ।

बारा र पर्साका हावाहुरीबाट प्रभावितहरुका लागि ८० हजार रुपैँया मुख्यमन्त्री राहत कोष प्रदेश नं। २ मा जम्मा गर्ने निर्णय भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिनुभयो ।तम्घासका स्थानीय व्यवसायीहरुबाट रु ६० हजार ८ सय ५५ रुपैँया सहयोग स्वरुप सङकलन भएको र बाँकी रकम उद्योग वाणिज्य संघको कार्य समितिका पदाधिकारीहरुको व्यक्तिगत सहयोगमा रु १९ हजार १ सय ४५ रुपँैया सङकलन् गरी मुख्यमन्त्री राहत कोष प्रदेश नं।२ मा जम्मा गरीने अध्यक्ष भलामीले जानकारी दिनुभयो