कौरव खत्री ,बागलुङ जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाले सहकारी विपन्न वर्गको आर्थिक स्तर माथि उकास्ने ठाँउ भएको बताएका छन । गलकोट नगरपालिका ७ मल्म बागलुङको मल्म बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मंगलवार सम्पन्न भएको ११ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन । साथै थापाले आफनो कमाईको केहि अंश सहकारीमा बचत गर्ने बानीको विकास गर्न सके सहकारी गरिब दुःखी गरिव जनताको आर्थिक सहयात्री हुने थापाको भनाई छ ।
सोही साधारण सभामा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, वडा सदस्य लोक बहादुर थापा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश, सहकारीका शिक्षा उपसमिति संयोजक हरिदत्त गौतम, सहकारीका पुर्व अध्यक्ष राम बहादुर थापा, लेखा समिति सयोजक बिष्णुप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा सचिव तुल बहादुर थापाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष थुम कुमारी थापाले नगद रु ३ करोड, ६२ लाख,२९ हजार, ९ सय, ३४ रुपैयाको आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेकी थिईन ।
साथै अवसरमा असल ऋणि, असल बचतकर्ता, असल बाल बचतकर्ता लगायत विभिन्न शिर्षकमा पुरस्कृत तथा सम्मान गरिएको थियो । सहकारीमा हाल गलकोट क्षेत्रका झण्डै ६ सय, सेयर सदस्यहरु आवद्व रहेका छन । घुम्टे युवा परिवार मल्मको प्राङगणमा सम्पन्न भएको साधारण सभा मल्म बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष छुम बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष हरिदत्त गौतमको स्वागत मन्तव्य र सचिव तुल बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।












