कौरव खत्री,बागलुङ गलकोट नगरपालिकाका नगर उप्रमुख रेनुका काउचा मगरले पछिल्लो समयमा महिला दिदीबहिनीहरु सामाजिक क्षेत्रमा निकै विकास र प्रगति भईरहेकोले अब सिपसँग जोडिएर आर्थिक समृद्वि ल्याउनु पर्ने बताइन ।शनिवार गलकोट नगरपालिका ७ मल्ममा रहेको महिला जागरण केन्द्रको सामुदायिक भवनको उदघाटन गर्दै नगर उप प्रमुख काउचाले यस्तो बताइन ।

साथै उनले हाम्रो समाजले महिलाहरुलाई दोस्रो दर्जामा हेरेकोले यो सृष्टीको नभई हेर्ने दृष्टिकोणको कमजोरी रहेको बताउइन ।गलकोट नगरपालिका नगरबासी महिलाहरुका समस्या समाधान गर्न सदैव तयार रहेको समेत बताइन ।सोहीे अवसरमा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, महिला सदस्य लक्ष्मी सार्की, नेपाली काँग्रेसका वडा सभापति चिरञ्जीवी मरासिनी, राष्ट्रिय जनमोर्चाका वडा कमिटि अध्यक्ष दलबहादुर थापा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश र समाजसेवी राजकुमार दर्जी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा महिला जागरण केन्द्रका गतिविधीलाई पत्रकारिता मार्फत विशिष्ट योगदान पुराएको भन्दै पत्रकार थम्मन थापा सन्देश लगायत एकल महिला हरिकला गौतम, श्यामकली दर्जी, ज्येष्ठ महिला पुर्णकली केसी, चित्रकुमारी दर्जी, जग्गादाता तेज थापा र कालीका थापा, पूर्व गाविस सचिव बुद्व बहादुर बस्नेत लगायतलाई सम्मान गरिएको थियो ।भवन निर्माण भएपछि गलकोट नगरपालिका वडा नं ७ मल्ममा विभिन्न तालिम, गोष्ठी, सभा, बैठक लगायतका विभिन्न कार्यक्रम गर्नका लागि निकै सहजता भएको केन्द्रले जनाएको छ ।सिर्जनशिल महिला जागरण समूहको सक्रियता र तत्कालिन मल्म गाविसको अनुदान, स्थानीयबासीको आर्थिक सहयोगमा तल्लो सिरबारेमा उक्त सामुदायिक भवन निर्माण गरिएको हो ।भवन उदघान समारोहमा संस्थाका कोषाध्यक्ष मिरा खडकाले नगद रु ६ लाख ५३ हजार ५ सय १६ रुपैया बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।महिला जागरण केन्द्र गलकोट नगरपालिका ७ मल्म र सिर्जनशिल महिला जागरण समुह आँगाखेतको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम केन्द्रका अध्यक्ष ललिता थापाको अध्यक्षता, उपाध्यक्ष थुमकुमारी थापाको स्वागत मन्तव्य र सचिव सरस्वती थापा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।












