नवलपरासीको कावासोतीमा ६० लाखमा किसानहरुका लागि सभाहल बन्न शुरु

प्रकाशित मिति:

नवलपरासी-पूर्वी नवलपरासीको कावासोतीमा ६० लाखमा किसानहरुका लागि सभाहल बन्न शुरु गरेको छ ।संघीय सरकारको कृषि मन्त्रालयको ४५ लाख र कृषि उपज बजार व्यवस्थापन समितिका १५ लाखको लागतमा भवन निर्माण भईरहेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्यालले बताए ।

बस्यालका अनुसार जेठको अन्तिम सातासम्म भवन निर्माण सकिने छ । दुई सयभन्दा किसानहरु अट्न सक्ने गरी सभाहल निर्माण शुरु गरिएको अध्यक्ष बस्यालले बताए ।कावासोती क्षेत्रमा रहेका कृषक समूह, कृषि सहकारी लगायतका कृषि सम्बन्धी कार्यक्रम गर्नका लागि हल निर्माण थालिएको बस्यालले बताए ।कृषि उपज बजार व्यवस्थापन समिति कावासोतीले कावासोतीमा हाट बजार सञ्चालन गरेको छ भने किसानहरुलाई व्यवसायिक किसान बनाउनका लागि थोक तथा खुद्रा तरकारी पसलहरु पनि सञ्चालनमा ल्याएको छ ।