रोका र पेरिवेयरका उत्पादन विक्रि शुरु

प्रकाशित मिति:

बुटवल-बाथरुम सामाग्रीहरुका लागि उत्कृष्ट ब्राण्ड मानिएको रोका र पेरिवेयर ब्राण्डका सामाग्री अब बुटवलमै पाईने भएको छ । बाथरुम सामग्रीहरुको बजारमा विश्वव्यापी रुपमै अग्रणी ब्रान्ड बनाएको रोका र पेरीवेयर ब्राण्डका सामाग्रीहरु बुटवलकोे मिलनचोकमा रहेको पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रमा पाईने भएको हो ।

उक्त डिलरको एक कार्यक्रमका बीच रोका र पेरीवेयर कम्पनीका प्रबन्ध निर्देशक के. ई रगनाथनले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले व्यापारमैत्री स्कीम सँगै कम्पनीले नयाँ नयाँ उत्पादनहरु नेपाली बजारमा ल्याउने योजना बनाएको बताए ।पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रका सञ्चालक मदुसुदन पाण्डेले विश्वप्रख्यात ब्राण्ड बुटवलमा ल्याउनु ठुलो उपलब्धी भएको बताए । ग्राहकको माग अनुसार रोका र पेरीवेयर ब्राण्डलाई बजारमा पठाउने उनको भनाई छ ।

उद्घाटन गरिएको शोरुममा पेरीवेयरका प्रिमियम वाथरुम सामाग्रीहरु र रोकाका विश्वव्यापी स्तरका बाथरुम सामाग्रीहरु राखिएका छन् । रोका गु्रपको पेरीवेयर भारतको नम्बर एक सेनेटरी वेयरको व्राण्ड हो । बजारको आवश्यकता लाई ध्यानमा राख्दै दुवै ब्रान्डका बेसीन, वाटर क्लोसेट, धारा, बाथटब, सावर, किचन सिंक र बाथरुम सामग्रीहरु उपलब्ध गराउने उक्त कम्पनीका नेपाल विक्रि प्रबन्धक दिपकराज अधिकारीले जानाकारी दिए । कम्पनीले विश्वव्यापी स्तरका वाथरुम सामग्रीको नयाँ रेन्जहरु कार्मेन, वियोण्ड र इनसिग्नया समेत भित्राउने क्रममा रहेको उनले बताए ।पेरीवेयर बाथरुम सामग्री उत्पादक गर्ने अग्रणी भारतीय कम्पनी हो । रोका भारतको फ्ल्यागसीप ब्रान्डको रुपमा रहेको छ । रोका ग्रुप स्पेनको ठुलो र प्रतिष्ठत कम्पनी हो । रोकाको आर एन्ड डि प्रविधी, विज्ञता र पेरीवेयर माथि ग्राहकको विश्वासका कारण नै यसको भारतीय बजार सबल हुदै गइरहेको छ । ६० वर्षको इतिहास बोकेको पेरीवेयर भारतको अग्रणी ब्रान्डको रुपमा रहेको छ । नयाँ जीवनशैली सँग मेल खान र सधै फेसनमा रहने ब्रान्डको रुपमा पेरीवेयर नयाँ नयाँ उत्पादनका साथ बजारमा आइरहेको छ । हाल यसको वितरण सन्जालमा भारतमा मात्र ७ हजार ८ सय भन्दा बढि वितरक र रिटेलरहरु रहेका छन् ।नेपालमा यस अघि उक्त कम्पनीले काठमाडौं र पोखरामा शोरुम सञ्चालनमा ल्याइसकेको छ ।