किसानलाइ मालिका गाउपालिकाद्वारा उत्पादनशिल अनुदान बितरण

प्रकाशित मिति:

मनोज कार्की,गुल्मी गुल्मी जिल्लाको मालिका गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरण कार्य सुरु गरेको छ । मालिका गाउँपालिकाले खसि, बोका, कुखुरा, अण्डा, घाँसको बिउ, दुध लगायतका कृषिजन्य सामाग्री उत्पादन गर्ने किसानलाई अनुदान वितरण गर्नेछ निर्णय गरेको बताइएको छ।

सहकारी मार्फत मासिक ५० लिटर दुघ बेच्ने किसानलाई प्रति लिटर पाँच रुपैयाँ, जग्गा भाडामा लिएर घाँसका बिरुवा उत्पादन गर्ने किसान लाई प्रति बिरुवा पाँच रुपैयाँ, बाख्रा पाल्ने किसानलाई खोर सुधारको लागि ५० प्रतिशत अनुदान प्रदान गर्ने व्यवस्था मिलाएको गाउँपालिका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयो ।गाउँपालिकाले अनुदान वितरण गरेसँगै मालिका गाउँ पालिका वडा न ७ घमिर निबासी ७२ वार्षिय भिम बहादुर कार्कीले किसानहरुको मर्का बुझेर काम गरेको भन्दै गाउपालिका परिबार लाई खुसी सगै धन्यवाद ब्यक्त गर्नुभएको थियो । मालिका गाउँपालिकाले बार्षिक १५ सय गोटा बढि लोकल कुखुराको अण्डा उत्पादन गरि सहकारी मार्फत बिक्री गर्ने किसानलाई प्रति अण्डा पाँच रुपैयाँ, घाँसको बिउ उत्पादन गर्ने किसानलाई प्रति किलो १० रुपैयाँ दिदै आएको छ ।

यति बेला मालिका गाउँ पालिका कृषि लाई विशेष प्राथमिकता दिदै अगाडि बढेको र किसान अझै इच्छुक र जागरुक भएर पशुपालन घासको बिरुवा उत्पादन लोकल कुखुराको अन्डा उत्पादनमा सहज हुने गाउँ पालिका प्रमुख रित बहादुर थापाले बताउनु भयो ।