काठमाडौं वैशाख २७, । आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराईज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बुटवलस्थित राम मन्दिर लाइनमा यस बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ । शुक्रबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक श्री राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्न राज बज्राचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभयो । सो कार्यक्रममा बैंकका नायव महाप्रबन्धक श्री अपछ कुमार यादव, बुटवल उद्योग बाणीज्य संघ का कार्यबाहक अध्यक्ष उज्जवल कसजु, लगायत बैंकका अन्य सदस्यहरको उपस्थिति रहेको थियो ।
उक्त शाखा समेत गरी बैंकको शाखा सङ्ख्या १०५ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १०५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२० वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरमा पनि थप शाखाहर संचालन गर्ने योजना रहेको छ ।












