काठमाडौं – के तपाईँ सुन खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने बुधबारको तुलनामा बिहीबार सुनको भाउ एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ६० हजार ७०० मा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ६० हजार ६०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ६० हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्यमा भने बिहीबार कुनै घटबढ भएको छैन । बुधबार ७२५ मा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।












