एन आइ सीको ४२ औं बिस्तारित कार्यलय गैडहवामा संचालनमा

प्रकाशित मिति:

गैडहवा एन आइ सि एसिया बैंक लि।ले गैडहवा गाउपालिका वार्ड नं।५ स्थित हात्तीबजारमा आफ्नो रुद्रपुर शाखा अन्तर्गत ४२ औं बिस्तारित कार्यलय संचालन गरेकोछ।गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले सो बिस्तारित कार्यलयको शुभारम्भ गर्नु भएको हो।

गैडहवा गाउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बच्चुलाल केवटले एन आई सि एसियाको बिस्तारित कार्यलयको शुभारम्भ गर्दै ब्यबसायिक प्रतिष्पर्धा संगै बैंकले आफ्ना ग्राहकलाई गुणस्तरिय सेवा प्रदान गर्नेमा बिश्वास ब्यक्त गर्नु भएकोछ।अस्वस्थ प्रतिष्पर्धाले बैंकको कारोबर खराब हुन सक्ने कुरा बताउदै अध्यक्ष केवटले सेवाग्राहीलाई सर्बसुलभ र गुणस्तरिय सेवा प्रदान गर्न सके एन आइ सी बैंकले ग्राहकहरुको मन जित्ने बताउनु भएकोछ।बिस्तारित कार्यलयलाई सके सम्म छिटो शाखा कार्यलयको रुपमा संचालन गर्न समेत सुझाब दिनु भएकोछ।

एन आइ सी बैंकका प्रदेश ५ का कार्यलय प्रमुख तिलक सुन्दर कार्कीले नेपाल सरकारको नीति अनुसार जनतालाई घरघरमा बैंकिङ सेवा प्रदान गर्ने कार्यक्रम अन्तर्गत गैडहवमा रुद्रपुर शाखा अन्तर्गत बिस्तारित कार्यलय संचालन गरिएको र गैडहवाका ग्राहकहरुको चाप र सेवा ग्राहीको माग अनुसार बिस्तारित कार्यलयबाट शाखा कार्यलय समेत संचालन गरिने बताउनु भएकोछ। २८५ शाखा र ४१ बिस्तारित कार्यलय भएको बैंकको रुपन्देहीमा २१ वटा शाखा रहेको छ भने गैडहवामा ४२ औं बिस्तारित कार्यलयको रुपमा बैंकले संचालनमा ल्याएको हो।गैडहवा वार्ड नं।५ का वडा अध्यक्ष कृष्ण प्रसाद गुप्ताडले एन आइ सि बैंकको बिस्तारित कार्यलयको शुभारम्भ संगै स्थानिय जनताहरु बैंकको सुबिधा लिन टाढा जानू नपर्दा समय र खर्चको समेत बचत हुने बताउदै बैंक संचालनले स्थानियहरुमा बैंक मार्फत कारोबार गर्ने चेतनाको बिकास हुने बताउनु भएकोछ।बिस्तारित कार्यलयबाट खाता संचालन गर्न,रकम जम्मा गर्न र भुक्तानी गर्न सकिने र कर्जाको लागि भने शाखा कार्यलयबाट हुने रुद्रपुर शाखा कार्यलयका प्रमुख हरि पौडेलले जानकारी दिनु भएकोछ।बिस्तारित कार्यलयको शुभारम्भ संगै आज पहिलो दिन ५० जना नया ग्राहकहरुले खाता संचालन गरेको पौडेलले जानकारी दिनु भयो।बरिष्ठ बास्तुबिद उत्तर कुमार उपाध्याको मन्त्रोच्चरण गरि शुभारम्भ भएको कार्यक्रममा उप प्रादेशिक कार्यलयका प्रमुख राजन प्रसाद पोख्रेलको स्वागत र को बिनोद पोख्रेलकोसंचालनमा कार्यक्रम सम्पन्न भएको थियो।