लुम्बिनी समृद्धि रियलस्टेटको सेवा शुरु

प्रकाशित मिति:

बुटवल, २५ जेठ । समृद्धि रियल स्टेट कम्पनीले बुटवलमा सेवा शुरु गरेको छ । बुटवल–११ को कालिकापथमा एक करोड चुक्ता पुंजीबाट स्थापित लुम्बिनी समृद्धि रियल स्टेट कार्यालयको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उद्घाटन गरे । सो अवसरमा बोल्दै मेयर सुवेदीले घरजग्गाको कारोबारलाई मर्यादित, पारदर्शी र विश्वसनीय बनाउन यस्ता व्यवस्थित कम्पनीबाट कारोबार गर्दा सेवाग्राहीलाई सहज हुने बताए । समृद्धि रियल स्टेटका संस्थापक सामसूर्य तामाङले घरजग्गाको किनबेच,घरजग्गा भाडामा लगाइदिने, आवासीय र ब्यापारिक प्रयोजनका घर÷भवनहरुको व्यवस्थापन र घरजग्गामा लगानी गर्न चाहनेलाई समूहमार्फत लगानी गर्ने लगायतका सेवा कम्पनीले दिने जानकारी गराए ।  एक वर्षअघि काभ्रेको बनेपाबाट शुरु भएको कम्पनीले काठमाडौं,पोखरा,बुटवल,थानकोट,भैरहवा,मोरङ,चितवन,नेपालगंज,इटहरी लगायतका शहरमा फ्रेन्चाइजी कार्यालय स्थापना भइसकेका छन् ।

यस्तै अमेरिका,पोर्चुगल,अस्ट्रेलिया,बेलायत लगायतका देशमा पनि सम्पर्क केन्द्र रहेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै पुर्व सभासद विनोद पहाडी,बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल कसजू,तिलोत्तमा जेसीसका अध्यक्ष जयप्रकाश भट्टराई,पत्रकार दामोदर खनालले घरजग्गा कारोबारलाई मर्यादित र व्यवस्थित बनाउन सुझाव दिएका थिए । कार्यक्रममा लुम्बिनी समृद्धि रियल स्टेट संचालक समितिका अध्यक्ष मुक्तिराम जीसी,संचालक सदस्य विमलराज भट्टराई,संचालक जानकी नेपाल लगायतले यस क्षेत्रमा घरजग्गा सम्बन्धी विश्वसनीय सेवा दिन कार्यालय स्थापना गरिएको बताए । कम्पनीको कार्यालयबाट सेवा लिंदा वा कारोबार गर्दा बिचौलियाहरुबाट ठगिनबाट जोगिने र सम्पत्तिको वैज्ञानिक ढंगले मूल्याङकन हुने कम्पनीको दावी छ ।