२ दिने युवा सम्मेलन भेरहवामा सम्पन्न

प्रकाशित मिति:

१९औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शान्ति निर्माण, रोजगारी तथा उद्यमशिलतामा युवाहरुको भुमिकाबारे दुई दिने युवा सम्मेलन भैरहवामा सम्पन्न भएको छ । नमुना एकीकृत विकास परिषद रुपन्देहीको आयोजना, ग्रिन युथ अफ लुम्बिनीको सह–आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा उक्त सम्मेलन सम्पन्न भएको हो ।
शान्ति निर्माणमा युवाहरुको भुमिका बढाउने, युवाहरुलाई रोजगारउन्मुख बनाउन उत्प्रेरणा जगाउन, युवाहरुलाई व्यवसायिक तथा उद्यमशिल बन्न प्रेरित गर्ने, युवाहरुको अवसर र चुनौती विश्लेषण गर्न राज्यले खेल्ने भुमिकाका बारेमा विभिन्न निकायलाई जानकारी गराउन ध्यानाकर्षण गराउने उद्धेश्यले सम्मेलनको आयोजना गरिएको आयोजक संस्था नमुना एकीकृत विकास परिषद रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्यालले बताइन ।
तालिमको सोमबार समापन कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले भविष्यको कुरा गर्ने वर्ग नै युवा भएको बताए । उनले युवाहरुलाई रचनात्मक कसरी बनाउने भन्ने नै अहिलेको चुनौती रहेको औल्याए ।
नमुना एकीकृत विकास परिषदका सुरज ज्ञवाली र सावित्री वि.क.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सम्मेलनमा सियारी, शुद्धोधन गाउँपालिका तथा तिलोत्तमा नगरपालिकाका विभिन्न ३० वटा स्काइ क्लबका सदस्य सहित करिब २ सय ७५ जनाको सहभागिता रहेको नमुना एकीकृत विकास परिषद रुपन्देहीका परियोजना व्यवस्थापक अशोक कुमार चौधरीले बताए ।
सम्मेलनमा नमुनाका अध्यक्ष ज्ञानु पौड्याल, लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णु प्रसाद ढकाल र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यालय प्रमुख मुकुन्द ज्ञवालीले सहजीकरण गरेको चौधरीले जानकारी दिए ।
सोही अवसरमा युवा रोजगार र युवा उद्यमशिलता तथा समग्र युवा विकासको सन्दर्भमा सम्बन्धित सरोकारवालाहरुको ध्यान जानुपर्छ र जाओस् भन्ने हेतुले नमूना एकीकृत विकास परिषद र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित युवा आर्थिक विकास परियोजनाबाट गठित स्काई क्लब, ग्रीन युथ क्लब लुम्बिनीका युवाहरु, जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाका युवाहरुले १४ बुँदे माग कार्यान्वयनका लागि सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुको ध्यानाकर्षण गराउँदै प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराललाई ध्यानाकर्षण पत्र बुझाएका छन ।
जसअन्तर्गत समुदाय विकासमा युवालाई सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नर ाष्ट्रिय युवा नीतिहरुलाई आत्मसात् गर्दै प्रदेश र स्थानीय नीति समेत तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने, स्थानीय तहमा युवाहरुमा उत्प्रेरणा जगाई विकास निर्माणमा युवाहरुको सहभागितालाई विशेष प्राथमिकता दिने, स्थानीय, प्रदेश तथा राष्ट्रिय तहमा युवाहरुको बस्तुगत विवरण (प्रोफाईल) तयार गर्ने, समयानुकुल अध्यावधिक गर्ने, युवाहरुलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमहरु तर्जुमा गरी श्रम बजारको माग अनुसार युवाहरुको सिप र क्षमता विकासका साथै उनीहरुको सशक्तिकरणमा सहयोग गर्ने, युवाहरुलाई आर्थिक विकास र समृद्धिसंग जोड्न उद्यम÷व्यवसाय गर्न चाहने युवाहरुका लागि आर्थिक तथा प्राविधिक सहयोगका कार्यक्रम व्यवस्थापन गर्ने ।साथै युवा प्रोत्साहनका लागि प्रतिभा पहिचान, सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने, योजना तर्जुमा देखि कार्यान्वयन सम्म र समुदायको समग्र विकासको लागि युवाहरुको सक्रिय सहभागितासंगै नेतृत्व गर्ने वातावरण सिर्जना गर्ने,आदि बुँदा रहेको ध्यानाकर्षण पत्र तयारी समितिकासह–संयोजक लक्ष्मी भट्टराईले जानकारी दिइन । सो ध्यानाकर्षण पत्रको लागि ९ सदस्यीय ध्यानाकर्षण पत्र तयारी समिति बनाइएको थियो ।