रुपौलियामा १५ दिने नेटल र चुरा बनाउने तालिम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी –बन्देवी आमा समुह सुस्ता गाउपालिका वडा नम्बर १ को आयोजनामा १५ दिने नेटल र चुरा बनाउने तालिम आइतबार रुपौलियामा सम्पन्न भएको छ । बन्देवी आमा समुहकी अध्यक्ष टिका पंजियारको अध्यक्षतामा कार्यक्म सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका सुस्ता गाउपालिकाका उपाध्यक्ष ईन्द्र कुमारी थरुनीले तालिममा सिकेका सिपलाई दैनिक जिवनमा लागु गर्न सकिए यसको पनतिजा सन्तोषजनक हुने बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि सुस्ता गाउपालिका वडा न्म्बर १ का वडाध्यक्ष अशोक कुमार चौधरीले ग्रामिण भेकमा सम्पन्न यस्ता खाले तालिमबाट विपन्न र सर्वसाधारण महिलाहरुले सिपमुलक तालिमको सिप प्राप्त गर्ने धारणा राख्नुभयो । कार्यक्रममा माउण्ट एभरेष्ट बोर्डिंग स्कुलका प्रिन्सिपल यज्ञ प्रसाद न्यौपाने, सुस्ता गाउपालिका वडा न्म्बर १ का वडा सदस्य राम कुमारी चौधरी, दुर्गा प्रसाद चौधरी लगाएतले मन्तब्य राख्नुभएको थियो । तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको आयोजकले बताएको छ ।