आज नेप्से २.७८ अंकले घट्यो

प्रकाशित मिति:

काठमाडौं- नेप्से परिसूचक बुधबार (आज) २.७८ अंकले घटेको छ । अघिल्लो दिन झिनो सुधारदेखिएको नेप्से आज भने ओरालो लागेको हो । बुधबार नेप्से घटेर १२५८.२९ अंकमा आइपुगेको छ । आज ५७ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज हिमालयन डिष्टिलरीको सबैभन्दा बढी १९ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो बढी रकमको सेयरको कारोबार नेपाल बैंक भएको छ । उक्त बैंकको ४ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तेस्रो बढी सेयर कारोबार हुनेमा प्रभु बैंकका सेयर रहेको छ । उक्त बैंकको २ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।