लुम्बिनी बेकरी व्यवसायी संघद्वारा सहयोग रकम हस्तान्तरण

प्रकाशित मिति:

बुटवल, असार १९ – लुम्बिनी बेकरीज व्यवसायी संघले आगलागीबाट क्षती ग्रस्त उद्योगलाई राहत स्वरुप सहयोग प्रदान गरेको छ । उद्योग पुरी भैरहवामा संचालित न्यू क्रेजी फुड प्रोडक्टका प्रोप्राइटर आलोक सिंह राठौरलाई राहत स्वरुप एक समारोहकाबीच विहीबार रु.५१००० हजारको चेक हस्तान्तरण गरिएको छ ।

सहयोग हस्तान्तरण समारोहमा संघका अध्यक्ष देवानन्द पाण्डे, वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, उपाध्यक्ष हिमांशु शाक्य, महासचिव यादव गैरे कार्यसमिति सदस्यहरुले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भएको थियो । २०७६ जेष्ठ २३ गते राती १ः०० बजेको समयमा उद्योगमा आगो लागी भई ठूलो क्षति पुगेको थियो ।  संघका अध्यक्ष देवानन्द पाण्डेले उद्योगीलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उद्योगीहरुसँग सहयोग रकम जुटाई संघ मार्पत एकमुष्ट रकम हस्तारण गरिएको बताउनु भएको थियो ।  कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष, बाबुराम बोहोरा, उपाध्यक्ष हिमांशुराज शाक्य, उद्योगी नवराज खनाल, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्योगी आलोक सिंह राठौरले संघको सहयोग प्रति आभार व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव यादव गैरेले गर्नु भएको थियो ।