सुनको मुल्य अहिले सम्मकै उच्च

प्रकाशित मिति:

काठमाडौँ –सुनको मूल्य यस वर्षकै उच्च भएको छ । बिहीबार ६५ हजार कारोबार भएको सुनको मुल्य शुक्रबार आठ सय बढेर प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार पुगेको हो ।साथै तेजाबी सुन पनि मूल्य बढेको छ ।

बिहीबार ६४ हजार ७ सय रुपैयाँ प्रतितालामा कारोबार भएकोमा शुक्रबार प्रतितोला ६५ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ