एभरेष्ट रोलिङ्गको डिलर भेटघाट,गुणस्तरमा सम्झौता नहुुने

प्रकाशित मिति:

बुटवल-औधोगिक घराना गोयन्का ग्रुपद्वारा प्रर्व्दित कम्पनी एभरेष्ट रोलिङ्ग इण्डष्ट्रिज प्रा.लिको डिलर्स भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार साँझ तिलोत्तमा स्थित ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न कार्यक्रममा प्रदेश ३,४ र ५ का एकसय बढी डिलरहरुको सहभागिता रहेको थियो । गोयनका ग्रुपका संस्थापक तथा अध्यक्ष नन्दलाल गोयन्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक अरुण गोयन्का तथा निर्देशक अँचल गोयन्काको आथित्यता रहेको थियो ।

कार्यक्रममा उपस्थित डिलरहरुलाई प्रसंशा पत्र प्रदान गरिनुका साथै विशेष सम्मान समेत गरिएको थियो । विगत ४० वर्षदेखि निरन्तर टिएमटी फलामे छड का साथै एंगल, पत्ति च्यानल, टोरकारी, किला लगाएतका सामग्री उत्पादन गर्दै आएको कम्पनीले भारतको बिसाखापटनाम स्थित वाइज्याक कम्पनीका प्राइम बिलेट प्रयोग गरि उत्पादन गर्दै आएको छ । कम्पनीले विशेष कार्यक्रम आयोजना गरी आफ्ना डिलरहरुलाई सम्मान गरेको हो । सो अवसरमा कम्पनीका अध्यक्ष नन्दलाल गोएन्काले कम्पनीले गुणस्तरमा कहिल्यै सम्झौता नगरेको र आगामी दिनमा गुणस्तरमा कम्पनीले कहिल्यै सम्झौता नगर्नेे बताए ।कम्पनीका प्रबन्ध निर्देशक अरुण गोयन्काले कम्पनीले गुणस्तरसँगै आगामी दिनमा एउटै छानामा सम्पूर्ण निर्माण सामग्री उत्पदान र वितरण गर्ने लक्ष्य रहेको बताए ।

त्यस्तै गोयन्का ग्रुपका चौथो पुस्ता तथा कम्पनीका युवा निदैशक अँचल गोयन्काले आफ्नो जिजु हजुरबुबाले सुरुवात गरेको ब्यावसाय बिस्तार हँदै यो स्थानसम्म आएको र सचेत उपभोक्ता एवम् असल ब्यावसायिक साझेदारहरुकै कारण कम्पनीले ४ दशकको इतिहास रच्न सफल भएको बताए । उनले विगतका वर्षहरुमा जस्तै आगामी दिनहरुमा पनि कम्पनीसँगै सहकार्य गरी अगाडी बढ्न सम्पूर्ण डिलरहरुलाई आग्रह गरे ।उपस्थित डिलरहरुकोको तर्फबाट सिद्धि इन्टरप्राइजेज बुटवलका प्रोपराइटर अमोद श्रेष्ठले गोयन्का समूहसँग आफ्नो तीन पुस्ते सम्बन्ध रहेको बताउँदै उहाँहरुको ब्यावसायी मैत्री ब्यापहार तथा गुणस्तरका कारणनै एभरेष्ट रोलिङ इण्डष्ट्रिजका उत्पादनहरु निरन्तर बिक्री गर्दै आएको बताए । अर्का डिलर बुढाठोकी हार्डवेयरका, दाङका संचालक होमभक्त बुढाठोकीले पनि एभरेष्ट रोलिङ इण्डष्ट्रिजका उत्पादनहरुमा कुनै गुनासो गर्न नपरेको बताउँदै निरन्तरताको कामना गरे । स्थापनाको ४ दशक पार गरेको कम्पनीले डिलर्स भेटघाट कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा गोयन्का परिवारका शान्तादेवि गोयन्का, प्रिया गोयन्का, कम्पनकिा महाप्रबन्धक प्रदिप कुमार सुद्रानिया लगाएत कर्मचारीहरुको पनि को सहभागिता रहेको थियो ।