पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

प्रकाशित मिति:

काठमाडौं – इन्धनको मूल्य घटेको छ । आज (मंगलबार) १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ घटेको हो ।नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको हो ।घटेको मूल्यसँगै अब पेट्रोलको प्रतिलिटर १०७ र डिजेल तथा पेट्रोलको मूल्य प्रतिलिटर ९५ मा कायम भएको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।

निगमले जारी गरेको विज्ञप्ति हेर्नुहोस्:

यसैबीच मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको आजै उद्घाटन हुँदैछ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नेछन्।