टिभिएस अपाचे आर टि आर १६० फो भि बजारमा

प्रकाशित मिति:

टिभिएसको नयां मोटरसाईकल बजारमा आएको छ । टिभिएसका लागि जगदम्बा मोटर्स प्रालिको बुटवल शाखामार्फत टिभिएस अपाचे आर टि आर १६० फो भिको आज एक समारोहका बीच उद्घाटन गरिएको हो । उक्त मोटरसाईकलको शुभारम्भ गर्दै नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटो) का अध्यक्ष जीवन अधिकारीले टिभिएसले नयां प्रविधी प्रयोग गरी बजारमा ल्याउने हरेक साधनले राम्रो बजार बनाउन सफल भएको भन्दै नयां साधनको विक्री वितरणको सफलता को शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष पृथ्वी फौदारले अन्य ब्राण्डको तुलनामा आर्कषित साधनहरु बजारमा ल्याउने टिभिएसले हरेक ग्राहकको मन जित्न सफल भएको बताउंदै अझ प्रविधीयुक्त साधन भित्र्याउन सुझाव दिनुभयो ।

मोटरसाईकलको बारेमा जानकारी दिंदै जगदम्बा मोर्टस बुटवलका ईन्चार्ज सुन्दर अर्यालले टिभिएसका सबै साधन आर्कषित भएरै बजारमा ठाउं पाईरहेकाले नयां मोडलले पनि ग्राहकहरुको ध्यान केन्द्रित गर्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो ।
नेपाली बजारमा  २,७९, ९०० पर्ने उक्त मोटरसाईकलको आउटलुक र रङ पनि आकर्षित रहेको छ । टिभिएसका लागि लुम्बिनी अन्चलका ईन्चार्ज एके सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर टि आर १६० फोभी खरिदकर्ता २ जना नयां ग्राहकहरुलाई चापी हस्तानतरण समेत गरिएको थियो । कार्यक्रमको संचालन सबिन बरालले गर्नुभएको थियो ।