नेपाल जागरण, नयाँविकल्प साप्ताहिक र रेडीयो नेपाल हुँदै ईमेज टिभीलगायतका मिडियामा पत्रकारितको अभुभव संगाली सक्नु भएका होमप्रसाद लम्साल हाल हाल अमेरिकाको टक्सासमा रहेर नागरिक दैनिक, अष्ट्रलियाबाट निस्कने नेपाली टाईम्स म्यागजिन, खबरमाला डट कममा काम गरिरहनु भएको छ । उनै पत्रकार लम्सालसँग पत्रकारिताको अनुभवलाई लिएर गरिएको कुराकानी
पत्रकारितामा कसरी आउनुभयो ?
मेरो पत्रकारितामाआउन एक घटनासंग सम्बन्धित छ । म सानो छँदा घरमाबा ले ल्याउनुभएको पानासोनिक रेडियो थियो । त्यसमा मान्छे बोलेको छ, गीतगाएको छ कति मान्छे होलाभन्ने जस्तो लाग्थ्यो । एक दिन म पनियस्तै हुनपाएभन्ने चाहाना बढ्यो । त्यहिभएर शुरुमा रत्नराज्यलक्ष्मीक्याम्पस पढ्न थालियो ।
सस्तो सरकारी क्याम्पस र त्यहा पढेको मान्छे पत्रकार हुन्छ रे भन्ने लाग्यो । धादिडबाट काठमाडौं आउँदा केहीगर्न पर्छ भन्ने जोस थियो तर बाध्यताआर्थिक हिसावले चलमलगर्न निकै गाह्रो थियो । आईए पास भएपछि पत्रकारितामा छिरे जतिबेला नेपालजागरण भन्ने साप्ताहिकपत्रिकाथियो । पछि म रेडियो नेपालमाकामपनि गरे घटना र विचारमा एक बर्ष र पछि चार बर्षसम्ममैले कार्यक्रमचलाए । झण्डै सातबर्ष ईमेज च्यानलमाकाम गरे । हाल अमेरिकाबसाईको क्रममानागरिक दैनिकसंग आवद्ध छु । आफ्नो पत्रकारिताको क्यारियर त्यहिबाट शुरु भो जुनआजसम्मकायम राखेको छु ।
चुनौतीहरु कत्तिको खेप्नु परेकोछ आजसम्म आइपुग्दा ?
म ईमेज टेलिभिजनमा कार्यक्रम चलाउने सन्र्दभमा म संग सर्वसाधारण व्यक्तिले देख्ने नै भए । मसंग मोटर साईकल पनि थिएन । टेम्पो चढेर जाने गर्थे । प्राय जसो बेला तपाईलाई कहाँ देखेको घर कहाँ हो जस्ता थुप्रै प्रश्न गरेर हैरान भएपछि पनि मोटर साईकल चढ्न थाले । त्यो बाध्यता हुँदो रहेछ । कोट किन्न पैसा हुन्नथ्यो संधै एउटै कोटका टिभीमा देख्दा साथीहरुले जिस्क्याउने गर्दथे । यस्ता कठिनाई थुप्रै झलियो तर पनि मैले समाजका लागि गरेको पत्रकारिता प्रति म सन्तुष्ट छु । र अहिले अमेरिका आएर मैले पत्रकारिता गरिरहेको छु त्यो मेरो बाध्यता होईन मेरो चाहाना हो त्यसैले म गरिरहन्छु ।
शुरुमा पत्रकारिता गर्दा त यो पेशा व्यर्थ गरिएछ भन्ने लाग्यो । दिनभरी अरुको समाचार बनाएर घर फर्केर दोबाटोमा साग किन्दा नघटाई किन्नै सकिन्न । दिनभर ठुला कुरा गर्न पर्ने तर आफ्नो घर आउँदा घर चलाउन मुस्किल हुने अवस्था त थियो तर पनि टिकेर मुलधारको पत्रकारिता गरियो ।
निकै कष्ट व्यहोर्नु पर्यो शुरुमा त्यो स्वाभाविक नै हो । तर पनि नेपालको पत्रकारिता अझै पनि पुर्ण व्यवसायिक बन्न सकेको छैन । हामीले हाम्रो देशको संक्रमणकालीन राजनीतिक अवस्थाले पनि हामीले पनि दुख पायौ । व्यवसायिक पत्रकारिताले संस्थागत रुप पाउन थालेपछि पत्रकारिता गरेर घर चलाउन गाह्रो हुन्न जस्ता लाग्छ ।
यस क्षेत्रमा आएपछि के पाउनुभयो के गुमाउनुभयो ?
म यो क्षेत्रमा रहरले आएको केहि गर्नू पर्दछ भन्दै आएको हुँ । मैले पत्रकारिता गरेर संसार अध्ययन गर्न पाए । त्यहि पत्रकारिताकै माध्यमबाट मैले विश्वको पत्रकारहरुको ठुला विश्व सम्मेलनहरु( आईफजे, सिईएस, सेज जस्ता सस्थाको) मा भागलिएको छु । विश्वभरी पत्रकारिताको ट्रेन अध्ययन गर्ने मौका पाएको छु । पत्रकारिताकै सिलसिलामा ३१ म्ुलुकपुगेको छु ।
द्धन्द्ध ग्रस्त मुलुक हाईटी देखि सम्पन्न शाली मुलुक क्यानडा, अष्ट्रलिया, लगभग सबै यूरोपियन मुलुक पुगेको छु । नेपालको पत्रकारिताको बारेमा प्रस्तुति गरेको छु । भुकम्पपछि लगत्तै मैले बनाएको डकुमेन्ट्री अमेरिकाको ओक्लोहमामा विश्वभरीका ४३ वटामा टप ३ मा परेपनि उनिहरुबाट पुरस्कृत पनि भए ।
आज आएर अझै पनि मलाई यतिखेर अमेरिकालाई कर्मभुमि बनाई रहँदा अमेरिकी पत्रकारिता गर्ने चाहाना छ । बाँकी केहि अध्ययन गरेरै भएपनि यहिको जुन स्तरको हुन्छ पत्रकारिता गर्ने चहाना बाँकी नै छ ।
गुमाएको कुरा गर्दा मैले आफ्नो परिवारलाई आवयकता अनुसार समय दिन सकिन। आवश्यकता अनुसार मैले सुविधा दिन सकिन तैपनि म जस्ता श्रीमान महान हो भनेर मेरो चाहानामा रमाउने मेरी श्रीमति र छोरीप्रति म नतमस्तक छु । किनकी समाजका बारेमा मैले गरेको योगदान प्रति उनिहरु सचेत थिए । समग्रमा भन्दा मैले खासै केही गुमाईन जतिपाए सन्तुष्ट नै छु ।
पत्रकारिता गर्न चाहानेहरुलाई के सुझाव दिनुहुन्छ पत्रकारको नाताले ?
पत्रकारिता गर्दा सबैले पहिले समाजका विकृति र विसंगतिको जरो उखेल्छु त्यसका लागि म जस्तो सुकै अवस्थामा पनि कसैसंग सैझौता गर्दिन भन्ने अठोट जरुरी हुन्छ । जहाँ स्वार्थका हजारौ अवसर आउँछन तर एक स्वार्थमा भुल्ने वित्तिकै तपाईको डिक लाइन शुरु हुन्छ । त्यसैले पत्रकारिता पेशा संगै समाज सेवा पनि हो । समाजसेवा यस अर्थमा हो की समाजका नराम्रा कुराहरु उजागर गरेर समाज निर्माणमा भुमिका निर्वाह गरेको ठहर्छ ।
यहाले पत्रकारिता गर्न शुरु गरेदेखिको अबिष्मरणीय क्षण ?
म सन् २०१२ गैरआवासिय नेपाली संघको क्षेत्रिय सम्मेलनमा भाग लिन स्वीटजरल्याण्ड जाने मौका पाए । त्यतिवेला त्यहाँ खास गरी यूरोपमा नेपालीहरुको मुख्य समस्या परराष्ट्र मन्त्रालयले लगाउने छापका कारण स्थायीबसोवास र परिवार लैजान रोएिको रहेछ । मैले त्यतिखेर ३,४ मुलुक घुुमेर त्यसको समस्याको खोजपुर्ण रिर्पोट ईमेज च्यानलको अलगधारमा प्रसारित भयो । त्यतिखेर परराष्ट्र र गृहमन्त्रि माधव घिमिरे थिए । उनले मलाई बोलाएर म सग निकै लामो छलफल गरे समस्याको बारेमा मैले बताए ।
तत्काल मन्त्रालयमा सचिवलाई निर्देशन दिएर १० दिनको बीचमा छाप परिवर्तन भयो । त्यसको फाईदा स्वरुप सयौ नेपालीहरुले लाभ लिए । जसका कारण मलाई युरोपका नेपाली समुदायले निकै माया गर्दछन् । मैले पटक पटक सम्मान पनि पाएको छु । त्यहि रिर्पोटको आधारमा मैलै एन आर एनए अन्र्तराष्ट्रिय पत्रकारिता पुरस्कार पनि पाए । त्यसैले खोजी रिर्पोटिडको मज्जा नै बेग्लै हुन्छ । हाम्रो देशमा आवश्यक पुर्वाधारको अभावमा खोजी समाचार थोरै हुन्छन तर प्रभावकारी भएका छन ।
कहिलेकाही समाचार लेख्दै गर्दा आउने धम्की र लोभ लालचहरु उल्लेख गरेर साध्यै छैन । तर पनि म रेडियो नेपालमा काम गर्दा तालिम र रिपोर्टिडका लागि नेपालको सबैजसो जिल्लामा पुगेको छु तर मनाडमा पत्रकारिताको तालिम दिन एक हप्ताबस्दा र धनकुटाको नाम्जे भन्ने ठाउँमा जाँदा रेडियोमा बोल्ने मान्छे आ को छरे भनेर गाउँका मान्छे पनि मलाई हेर्न आका थिए । सायद मैले त्यतिबेला मेरो बाल्यकाल सम्झिए जतिबेला मैले पनि रेडियोमा कति जना मान्छे बसेर बोलेका होलान भन्ने सोच्थये ।
अनि मलाई अन्तराष्ट्रिय पत्रकार महासंघको विश्व सम्मेलनमा भाग लिन ईन्डोनेसियाको बालीमा पुग्दा त्यहाँ एक पुलिसले मलाई विदेशी पाहुनाका लागि लगिएको उपहारको विषयमा घुस माग्यो मैले पत्रकारको कार्ड देखाएपछि डराएर मलाई उसले ट्याक्सी खोजेर होटलसम्म पुर्याएर फक्र्यो । पत्रकारिता समाजको वाच डग पनि हो । त्यति बेला मलाई लाग्यो कीप त्रकातिाको निकै ठुलो मुल्य छ तर त्यसको सहि व्यस्थापन र प्रयोग गर्नू पर्दछ ।
बिशेष कुन बिटमा कलमचलाउन मन पराउनुहुन्छ ?
मैले बढी जसो सुरक्षा विटमा काम गरे र नेपालमा राम्ररी विट पत्रकारिताले रुप धारण गरि नसकको सन्र्दभमा मैले राजनीति र कानुनको विट पनि गरे । खासमामलाई खोजीपत्रकारिता मन पर्दछ । पत्रकारिताको सिलसिलामाअधिकारवादी दृष्टिकोणबाट पनिकाम गरेको अनुभव छ ।












