काठमाडौं –मंगलबार सुनको मूल्य घटेको छ । सोमबार स्थीर रहेको सुनको मूल्य मंगलबार २ सय रुपैयाँ घटेर तोलामा ७० हजार २ सयमा कारोबार भएको हो ।त्यस्तै तेजाबी सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने तोलामा ८ सय ५० कारोबार भइरहेको छ ।












