सानोतिनो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न

प्रकाशित मिति:

रुपन्देही-रुपन्देहीको कञ्चन गाँउपालिकामा रहेको सानोतिनो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन प्रमुख अतिथी समेत रहनुभएका कञ्चन गाँउपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले गर्नुभएको थियो ।सभालाई सम्वोधन गर्दै अध्यक्ष क्षेत्रीले गाँउपालिकाका रहेका सबै सहकारीहरुको एकिकृत बिकासका लागी सहकारीहरुको मर्ज गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ । सहकारीहरुको मर्ज गर्दा क्षेत्रगत रुपमा एकिकृत गर्न सके सम्पुर्ण सेयर सदस्यहरुको बचत सुरक्षीत हुने र आयआर्जनको लागी गाँउपालिकाले त्यस्ता सहकारीहरुलाई अनुदान समेत दिने बताउनुभएको छ ।

कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष गोमा तरामु , संस्थाका उपाध्यक्ष बिष्णुप्रसाद ढकाल , कबिराज ढकाल , नन्दबहादुर खड्काथोकी , लेखा समितीका संयोजक टिकाराज गिरी लगायतले संस्थाको सफलताको शुभकामना दिनुभएको थियो ।सभाले संस्थाका सदस्य बिष्णुनारायण श्रेष्ठको अध्यक्षतामा आगामी ३ बर्षको लागी ९ सदस्यिय कार्यसमिती गठन गरेको छ जसको उपाध्यक्षमा गोपालबहादुर केसी , सचिवमा सुमित्रा बुढाथोकी , कोषाध्यक्षमा नन्दबहादुर खड्काथोकी , सदस्यहरुमा रमा ढकाल , अमृता थापा , राधा गौतम , चन्द्रबहादुर केसी र सन्तबहादुर सुनार रहनुभएको छ, भने सभाले बिष्णुस्रसाद ढकालको संयोजकत्वमा ३ सदस्यिय लेखा समिती गठन गरिएको छ । जसमा थमबहादुर सिंजाली र खड्कबहादुर क्षेत्री सदस्य रहनुभएको छ ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष सुमित्रा बुढाथोकीले प्रस्तुत गर्नुभएको ५ करोड , ६३ लाख , ९५ हजार ७ सय १५ बराबरको आयब्यय तथा अध्यक्ष नामबहादुर केसीले प्रस्तुत गर्नुभएको संस्थाकोबार्षिक प्रतिवेदन आलेप समितीका संयोजक टिकाराज गिरीले प्रस्तुत गर्नुभएको आलेप प्रतिवेदनलाई सभाले सर्बसम्मत अनुमोदन गरेको छ ।संस्थाका अध्यक्ष नामबहादुर केसीको अध्यक्षता तथा कबिराज ढकालको सञ्चालनमा रुद्रपुर सामुदायिक वनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।