किन ह्वात्तै घट्यो सुनको मुल्य ?

प्रकाशित मिति:

काठमाडौं – लगातार तलमाथि भइरहेको सुनको मुल्य नेपाली बजारमा आज फेरि घटेको छ । सातको अन्तिम दिन आज सुनको मूल्य रु ७०० रुपैयाँले घटेको छ । हिजो तोलामा ७० हजार ६०० मा कारोबार भएको थियो । आज (शुक्रबार) ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

\अर्को तर्फ, तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भइरहेको छ । चाँदीको पनि मूल्य रु १५ घटेर तोलामा ८३५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।