काठमाडौं – साताको पहिलो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा झिनो गिरावट आएको छ । आज नेप्से ०.१८ अंकले घटेर एक हजार एक सय ३१.८० पुगेको हो । नेपसे घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट भने ०.६९ अंकले बढेर २४९.०१ मा पुगेको हो । नेप्से घटेको दिन बजारमा कारोबारमा आएका १६३ कम्पनीका १० लाख ८ हजार ८०९ कित्ता सेयर २९ करोड ३१ लाख ४९ हजार ४४ रुपैयाँमा कारोबार भएको हो । यस दिन कारोबारमा आएका ११ वटा समूहगत उपसुचक मध्ये पाँच समूह उकालो लागे भने ६ समूह ओरालो लागे ।
उकालो लाग्नेमा उत्पादनमुलक समूह सर्वाधिक ९.६७ अंकले उकालो लाग्यो भने जीवन बिमा समूह सर्वाधिक ३९.३७ अंकले ओरालो लाग्यो । आज बजारमा एनएमबी बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ५ करोड ७४ लाख ३१ हजार ७१९ रुपैयाँमा कारोबार भएको हो । यस दिन सपोर्ट माइक्रो फाइनान्स्का लगानीकर्ताले सर्वाधिक ४.४६ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, रैराङ हाईडा«े पावरका लगानीकर्ताले सर्वाधिक ४.८० प्रतिशत सेयर मूल्य गुमाए ।












