किन बढेको बढ्यै छ सुनको भाउ ?

प्रकाशित मिति:

काठमाडौं –  साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ बढेको छ । सातामो पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेकोमा त्यो क्रम सोमबार समेत निरन्तरता पाएको छ । सोमबार छापावाल सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आईतबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुन प्रतितोला ७० हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजावी सुन प्रतितोला ७० हजार सात सयमा कारोबार भैरहेको थियो । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।