रुपन्देही व्यापार संघको अध्यक्षमा लोहनी

प्रकाशित मिति:

बुटवल,२५ कार्तिक । रुपन्देही व्यापार संघको अध्यक्षमा यमलाल लोहनी निर्वाचित भएका छन् । संघको १० आंै अधिवेशन अन्तरगत नया नेतृत्वका लागि सोमवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा लोहनीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, प्रथम उपाध्यक्षमा डिल्लीराज भण्डारी, द्वितिय उपाध्यक्षमा प्रकाश ढकाल, कोषाध्यक्षमा दीपकप्रसाद अधिकारी र सहकोषाध्यक्षमा ऋषिराम पाण्डेको पनि एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा दयानिधि भण्डारी र केशव खनाल, सचिवमा नामदेव पाण्डे र कृष्णप्रसाद अर्याल तथा सहसचिवमा फर्सुराम पन्त र प्रेमनाथ पाण्डेको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य सुमन अधिकारीले जानकारी दिए । त्यसैगरि सम्बद्ध सदस्यमा हरिबहादुर गहतराज तथा शाखा सदस्यतर्फ सालझण्डीमा खिमानन्द पोखरेल, सेमलारमा पूर्णप्रसाद काफ्ले र फर्साटिकरमा रेशमलाल उपाध्यायको मात्र उम्मेदवारी परेको जनाइएको छ ।

यता महासचिवमा दयानिधि भण्डारी र केशव खनाल, सचिवमा नामदेव पाण्डे र कृष्ण प्रसाद अर्याल तथा सहसचिवमा फर्सुराम पन्त र प्रेमनाथ पाण्डेको उम्मेदवारी परेको छ ।संघको खुल्ला सदस्यतर्फ १६ स्थानका लागि २५ जनाको उम्मेदवारी दर्ता भएको छ । सदस्य पदमा बालकृष्ण वस्याल, मेघनाथ पौडेल, माधव प्रसाद ज्ञवाली, विनीत भट्टराई, रितेश ज्ञवाली, मनिमदिन मिया, गिता भण्डारी खनाल, लक्ष्मण ज्ञवाली, पिताम्बर अर्याल, विष्णु प्रसाद घिमिरे, अर्जुन प्रसाद भट्टराई, झविन्द्र अधिकारी, कमल नेपाल, ठाकुर प्रसाद आर्चाय, मिलन सुनार, शोभा कुमारी क्षेत्री(जोशी), गेहेन्द्रराज न्यौपाने, बाबुराम खनाल, वृन्दा भट्टराई(आर्चाय), मनहरि बस्याल, मनिराम खनाल, प्रकाशराज पौडेल, जिवलाल पौडेल, खगुलाल गिरी र भिमबहादुर पोखरेलले उम्मेदवारी दिएका छन् । संघको नयां कार्यसमिति चयनका लागि कार्तिक २८ गते निर्वाचन हुने कार्यतालिका छ । संघमा करिब तीन हजार सदस्य छन् ।