नेप्सेमा गिरावट

प्रकाशित मिति:

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पनि घटेको छ । सोमबार ५.६१ अंकले घटेको नेप्से आज ६.१४ अंकले घटेर ११३३.८१ बिन्दुमा झरेको छ । सोमबार कुल १५२ वटा कम्पनीको ८ लाख ४२ वटाभन्दा बढी कित्ता शेयर २५ करोड ३९ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ । आज कारोबार रकम, परिसूचकसँगै कारोबार संख्या पनि अघिल्लो दिनभन्दा कम हो । आज कारोबारमा आएका समूहमध्ये व्यापार र वित्त समूहबाहेक बाँकी सबै समूह घटेका छन् ।

आज एनएमबी बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात २ करोड ९३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । ३५ प्रतिशत लाभांश घोषणा गरेपछि यस बैंकको शेयरप्रति लगानीकर्ता आकर्षित भएका छन् । समग्र परिसूचक घटे पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब आठ प्रतिशतले बढेको छ । आज नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे चार प्रतिशतले घटेको छ ।