किशोर गैरे
“समृद्धि र बिकाश ” भन्ने शब्द नेपाल र नेपाली जनताको लागि नया कुरा होइन, धेरै बर्षबाट हामी “समृद्धि र बिकाश” भन्ने शब्द सुन्दै आएका छौ। सम्बवत हाम्रो नेपालको पहिलेका पुस्ताले समृद्धि र बिकाशको यात्रा मा संघर्श गर्दा गर्दै सन्सार नै छाडेर गैसकेका छन। २००७ सालको राणा शासन बिरोधी सश्स्त्र क्रान्ती देखि लिएर हामी तत्कालिन नेकपा( माओवादी )को १० बर्षे जनयुद्ध हुँदै २०६२/६३को जनआन्दोलन सम्म धेरै नेपाली जनता हरु रगतले रंगिएको यात्रा हो हाम्रो समृद्धि र बिकाशको।
धेरै नेपाली आमा बुबाहरुले आफ्ना सन्तान गुमाए, पत्नीहरुले आफ्नो पति र धेरै छोरा छोरीले आफ्नो बुबाआमा। यति धेरै रगतको मूल्य चुकाउदा चुकाउदै पनि नेपाली जनताले समृद्धि र बिकाश देख्न र भोग्न पाएका किन छैनन् ? समृद्धि र बिकाशको यात्रा आझै कति? समृद्धि र बिकासको मुल्य आझै कति? हामी नेपाली जनताले २००७ सालमा परिवर्तनका लागि लड्दै गर्दा छातीमा तातो गोलि थाप्ने त्यो पुस्ताले मृत्युु बरण गर्ने बेला अब मेरो बलिदानले नेपाल समृद्ध र सुखी हुनेछ भन्ने कल्पनाको साथ आँखा सदाको लागि बन्द गर्दैआफ्नो देह त्यागेर बिरगति प्राप्त गरे।
१७ सालमा फेरि प्रजातन्त्रको हरण भयो, अनि अर्को नेपाली पुस्ता हरण भएको प्रजातन्त्र प्राप्तीको लागि संघर्षको मैदान आफ्नो जिवनको आहुती दिन तयार भै समृद्धि, बिकाश र प्रजातन्त्रको लागि जीवन बलिदान गरे।३० बर्ष सम्म जीवन लिने र दिने खेल चलिरयो। अन्तमा नेपालमा २०४६ सालमा प्रजातन्त्रको स्थापनाको लागि जनआन्दोलन भयो र हामीले प्राजतन्त्र पुर्न्स्थापना गर्न सफल भयौ। २०५१मा फेरि सुरु भयो नेपालमा अर्को संघर्श जस्लाइ हामिले नाम दियौं “जनयुद्ध”। यो जनयुद्ध भन्ने मन्त्रले झन धेरै नेपालि जनताहरु रगत र पसिनाले लेखेको यो इतिहासको काल खन्डमा धेरै नेपाली जनताहरुले आफ्नो जिवन सङ बिकास समृद्धि र लोकतन्त्र साटेका छन, सहिद नभएको कुनै गाउँ नै न होला सायद, त्यो बेलाको गोलि र बमका आवाजहरु ले आझै पनि त्यो सहिदको बेदनाको चित्कारलाइ गाइरहेको छ, जुन हामीले आज चट्टकै बिर्सिसकेका छौ।
नेपाल आज जहानिया राणा शासनको बिरोध देखि सुरु भएको समृद्धि र बिकाशको यात्रा आज संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुगेको छ, यो बिचमा हामीले गुमाएका जिवनहरुलाई सम्झौ त! ति जिवनहरु जस्ले आफ्नो अन्तिम क्षणमा सदाका लागि आँखा चिम्म गरि हामी लाई जिम्मा लगाएको यो हाम्रो देश, आज हामिले कहाँ पुराएका छौ?
एउटा ठूलो समिक्षा गर्नुपर्ने बेला आएको छ, हामी काङ्ग्रेस, कम्युनिस्ट,राजाबादी,मदेशी, पहाडि,हिमाली, बाहुन, छेत्री, गुरुङ, मगर वा अन्य कुनै भएर होइन, छतीमा हात राखी आज सम्म देशका लागि जिवन त्याग गर्न पनि पछि नपरेका ती महान वीर सहिदहरु को सम्झना गर्दै नेपाली भएर समिक्षा गर्नुपर्ने दिन आएको छ। अनि बल्ल हामी समृद्धि र बिकाशको गन्तव्यमा पुग्न सहज हुनेछ। नेपालमा धेरै वादहरु को प्रयोग भयो, धेरै ब्यबस्थाहरु परिबर्तन भए, धेरै क्रान्ति भए, र क्रान्ती पछि हुनुपर्न आर्थिक , समाजिक जिवनमा सुखद क्रान्ति भएन, हरेक ब्यबस्थाको ५-१० बर्ष भित्र अर्को नया ब्यबस्थाको लागि संघर्ष चलिरयो। किनकि नेपाली राजनिति एउटा मन्यता थियो कि प्रजातन्त्र बिना असली समृद्धि र बिकासको कल्पना छैन, नेपाली जनता धेरै लालाहित थिए, बिकाश र समृद्धिको गन्तव्यमा पुग्नको लागी।
तर आझै पनि हामी त्यो यात्रा पूरा गर्न सकेका छैनौ, आझै पनि हामी त्यो सपना देखाइ रखेका छौ, जनतालाइ भुलाइ राखेका छौ। समृद्धि र बिकाशको गन्तव्यमा पुग्न न सक्नुको एउटै कारण छ त्यो हो हाम्रो संस्कार। मैले संस्कारलाई दोष दिहिराख्दा हजुरहरु को मनमा कुरा आयो होला! हाम्रो संस्कारमा प्रस्न चिन्न गर्ने म यो कुरालाइ यहि प्रष्ट पार्न चहान्छु। हाम्रो यात्राको बाधक एक नम्बरमा पर्ने हाम्रो राजनैतिक संस्कार नै हो।
राजनितीले देश र समाजलाई दिशा निर्धारण गर्दछ, राजनितीले देशका हरेक पक्षलाई प्रभाबमा रखेको हुन्छ, जस्तो राजनैतिक सस्कार छ, देशको अवस्था उस्तै हुन्छ। राजनिती २ प्रकारका हुन्छन, १.बिधोन्सात्मक राजनीति २. सृजनात्मक राजनीति हाम्रो देशमा कुन राजनितीले प्रसय लिग्यो होला हामि आफै मनन गरौ त? जहा बिधोन्सात्मक राजनिती हुन्छ, त्यहा बिद्रोहको नाममा धेरै बिधोन्स परिन्छ, उधोग कलकारखाना हरुमा मज्दुर हड्ताल हुन्छन, कलकारखाना जति बन्द हुन्छन, मज्दुर घर बेघर, २ छाक खाना दिरहेको मेहनत र पसिनाको कमाइ थप्प हुन्छ, हाम्रो राजनितीको कोर्स कुन लाइन बाट गुज्रिएकोको छ, त्यस्लाइ बुझ्नु आवश्यक छ, अर्को सृजनात्मक राजनिती हुन्छ जस्ले बिकाशका पुर्ब धार तयार गर्दछन, नबिन्तम बिकाश र समर्द्धिको जग बसाल्ने गर्छ।
हामी हाम्रो देशलाइ प्रयोगसाला जसरी प्रयोग गरेको गरै छौ, अनि कसरी समृद्धिको यात्रा र कोर्समा पुग्न सम्भब छ त? हाम्रो बिचार र व्यबहारले पनि ठूलो महत्त्वपुर्ण भुमिका राख्छ यो यात्रामा। हामी कुन बिचार र व्यबहारबाट आफुलाइ निर्देशित गर्दै छौ एक पट्क ख्याल गर्ने कि? उदाहरणको लागि: हामी जग्गा बेच्छौ, त्यो त ब्यापार नै भाको छ, धेरै मुल्यमा जग्गा बेच्ने अनि थोरै मूल्य राखेर पास गर्ने अनि धेरै मूल्य र थोरै मूल्य बिचको त्यो के हो? कालो धन हो.. हामी कर छलि गरिरहेका छौ, अनि हामी समृद्धिका गफ गर्छौ, भारतबाट सबै कुरा आउँछ, हामी स्वभिमानका कुरा गर्छौ, हाम्रो कुरा गराइ र व्यबहार धेरै फरक हुन्छ, जब सम्म हाम्रो सोच र हाम्रो व्यबहार एउटै हुदैन, समृद्धि र बिकाश सम्भब छैन! हामीमा आहिले धेरै बिकृती देखा परिरहेको छ, भ्रष्टाचार बढिरहेको छ अनि हाम्रा ब्यबस्था, हाम्रा कानुन अनि न्याय झन्डिमा गए सरह भएको छन। किन यति धेरै बिकृती बढिरहेको छ, किनकि मनिसहरुलाइ धेरै पैसा कमाउनु छ, पैसाले आफ्नो जिवनको हरेक सुख किन्नु छ, मानिसले किन आवश्यक भन्दा धेरै पैसा सगाल्न चहान्छ त? किनकी नेपालिको भबिस्य सुनिस्चित छैन, हामी काम गर्न नसक्ने उमेरमा पुगेपछी को उमेरमा कुनै कुराको निश्चितता छैन, एउटा अलि जटिल रोग लागे ५-१० लाख खर्छ लाग्छ, घर बनाउन पर्यो लाखौ करोडौं खर्च, छोरा छोरी पढाउन लाखै खर्च मानिस आफ्नो आवश्यकता पुर्ती गर्नका लागि गलत सस्कारको बिकाश गर्दै छ। हाम्रो देशमा राज्यले शिक्षा, स्वास्थ लगायतका हरेक आधरभुत आवश्यकता निशुल्क, अथबा नियुन शुल्क हुने हो भने हरेक नागरिकको भबिस्य प्रतीको अनिश्चितताको बादल हट्थ्यो नि अनि सुन्दर र समृद्धि बिकासशिल नेपाल निर्माण गरि सुशासनको प्रत्याभूती हुने थियो। अनि सामान्य नागरिकले २० बर्षको उमेर देखि ६० बर्षको उमेर सम्म काम गर्दा नेपाल सरकारलाई हरेक बहानामा कर बुझाउदै आएको छ, सरकारलाई कर बुझाउनु नागरिकको कर्तव्य हो भने सरकारका पनि नागरिक प्रती धेरै दायित्व हुने गर्छ। २०-६० बर्षको उमेर सम्म ४० बर्ष हुन्छ, ४० बर्ष सम्म सरकार लाई बुझाएको करको केही प्रतिसत प्रत्येक बर्षको नागरिकको नाममा रकम जम्मा गरिदिने हो र ६० बर्ष उमेर पुगे पछि हामी नागरिक अवकाश योजना अन्तर्गत उस्को स्वास्थ,खानपान र अवकाश पछिको जिवनलाइ सुनिस्चित पार्न सक्छौ।जब मानिसको बृद्ध अवस्था सुरक्षित र सुनिस्चित छ तब मानिसलाइ आफ्नो जिवनकाल खन्डमा कुनै पनि गलत कार्य गरि अकुत गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गर्नु आवस्यक नै रहन्न। र त्यसो भएसी रास्ट्रको समृद्धि र बिकासको बिकल्प अरु हुन सक्दैन, अनि बल्ल हाम्रो दशकौ बर्ष देखीको समृद्धि र बिकाशको सपनाको यात्रा सम्भब छ। होइन भन्ने त आफै बुझ्नुस, के हुने छ? यसतर्फ बिचार गरौ कि?












