बुटवल ।सानिमा जनरल इन्स्योरेन्सद्वारा तिलोत्तमा १०, कान्छीबजारमा रहेको अर्याल जनरल स्टोरमा आगलागी द्वारा भएको क्षति बापत रु। ३३,६६,०००।( तेत्तीस लाख छैसठ्ठी हजार अग्नि दावी भुक्तानी गरेको छ।सानिमा जनरल इन्स्योरेन्सले बुधबार अर्याल जनरल स्टोरका प्रोपराटर गोपाल प्रसाद अर्याललाई कम्पनीका नायव महा प्रबन्धक सुबोधलाल श्रेष्ठ अग्नि दावी वापतको रु। तेत्तीस लाख छैसठ्ठी हजार चेक हस्तान्तरण गर्नुभएको हो। यथासिघ्र दावी भुक्तानी गरेकोमा अर्याल जनरल स्टोरका प्रोपराइटर गोपाल प्रसाद अर्यालले कम्पनीलाई धन्यबाद दिनु भएको थियो। सो कार्यक्रममा सानिमा जनरल इन्स्योरेन्स बुटवल शाखाका प्रबन्धक सुष्मा पाण्डेय भुसाल तथा एनएमबी बैंक मणिग्राम शाखाका प्रबन्धक युवराज पाठक समेतको उपस्थिति रहेको थियो।












