अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

भरतपुर/औद्योगिक तथ्यांक अद्यावधिक प्रयोजन इन्टर्नशिपमा सहभागी प्रशिक्षार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। उपाध्यक्ष त्रिलोचन कडेलको सभापतित्वमा संम्पन्न कार्यक्रममा मिलेनियम मोडेल कलेज, भ्याली स्टेट कलेज, प्रेसिडेन्सी कलेज भरतपुर र रत्ननगर कलेज टाँडीमा व्यवस्थापन संकाय स्नातक तहमा अध्य्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो।अभिमुखिकरण कार्यक्रममा इन्टर्नसिपमा सहभागी प्रशिक्षार्थीहरुले गर्नुपर्ने कामका बारेमा संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले जानकारी गराउनु भएको थियो भने कार्य समिती सदस्य युगराज ओस्तीले राष्ट्रिय अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान का बारेमा जानकारी गराउनु भएको थियो।
संघका उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले सहभागी प्रशिक्षार्थीहरुलाई विशेष उत्प्रेरणा प्रदान गर्दै समापन गर्नु भएको कार्यक्रममा कार्य समिती सदस्य दुर्गा प्रसाद भण्डारी, संघका सन्चार अधिकृत राजु भट्ट र कार्यालय सहायक सावित्री पौडेल लगाएतको उपस्थिति थियो।सहभागीहरुले इन्टर्नसिपमा सहभागी हुन पाउनुलाई अवसरका रुपमा लिएर पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।