तिनाउ मिसनमा कम्युनिटी एक्विजिसनपछि एकीकृत कारोबार शुरु

प्रकाशित मिति:

बुटवल/ तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरेपछि एकीकृत कारोबार आइतबारदेखि शुरु भएको छ । तिनाउ मिसनले कम्युनिटीलाई प्राप्ती (एक्वीजिसन) गरी तिनाउ मिसन डेभलपमेन्ट बैंकको नाममा एकीकृत कारोबार शुरु भएको हो । यसअघि तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक बीच मर्जर भई गत असार ३१ गते देखि तिनाउ मिसन डेभलपमेण्ट बैंकको नामबाट कारोवार गरेको थियो ।

एकै क्षेत्रका विकास बैंकहरु मिलेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने लक्ष्य अनुसार कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरिएको बैंकका अध्यक्ष टिकाराम घिमिरेले बताए । कम्युनिटी बैंक प्राप्तिपछि बैंकको चुक्ता पूँजी १ अर्व ६७ करोड, निक्षेप १४ अर्ब १४ करोड, कर्जा लगानी १२ अर्व ६७ करोड र बैंकका शाखा कार्यालयहरुको संख्या ६२ वटा पुगेको प्रमुख कार्यकारी अधिकृतमा प्रदिपकुमार श्रेष्ठले बताए । राष्ट्रिय स्तरको विकास बैंक बन्ने तयारीमा रहेको बैंकले तोकिएको चुक्ता पुँजी पु¥याउन हकप्रद शेयर जारी गर्ने वा आवश्यक परेमा अन्य वित्तीय संस्थासंग मर्जर वा प्राप्तीको विकल्प खुला राखेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा हरिप्रसाद घिमिरले बताए ।