आजपनि घट्याे सुनचाँदीकाे भाउँ

प्रकाशित मिति:

काठमाण्डाै – सुनको मुल्य मंगलबार तोलामा २ सय रुपैयाँले घटेको छ । सुन मंगलबार तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साेमबार पनि सुनको मुल्य तोलामा २ सय रुपैयाँमा नै घटेर तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि मंगलबार तोलामा ५ रुपैयाँनै घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको मुल्य साेमबार पनि तोलामा ५ रुपैयाँनै घटेको थियो ।