सैनामैना/“आर्थिक बिकासका राष्ट्रिय आधार,कृषि,पर्यटन,उधोग र ब्यापार” भन्ने नारा सहित सैनामैना उधोग बाणिज्य संघ,सैनामैनाले यहि पौष २४ गते देखि माघ ६ गते सम्म “चौथो राष्ट्रिय सैनामैना,कृषि,पर्यटन तथा औधोगिक ब्यापार महोत्सव २०७६” संचालन गर्ने भएको छ ।मुख्य गरी स्थानिय कृषि तथा उत्पादनलाई ब्यबसायिक प्रबद्र्धन गर्ने उद्धेश्यकान्त साथ संचालन हुने महोत्सवमा पर्यटन बर्ष २०२० लाई लक्षित गरी महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समेत भित्र्याउन बिभिन्न इभेन्टसका प्रतियोगिताहरु समेत संचालन गरिने आयोजकले जनाएको छ ।महोत्सव बारे प्रारम्भिक जानकारी दिनको लागि आयोजित कार्यक्रममा स्थानिय संचारकर्मीहरुलाई जानकारी दिदै प्रचार प्रसार संयोजक लोकनाथ अधिकारील महोत्सवमा स्थानिय कृषि,हस्तकला,घरेलु उत्पादन सहित स्वदेशी तथा बिदेशी उत्पादनहरुको समेत स्टल राखिने बताउनु भएको छ ।
संयोजक अधिकारीले खेलकुदको पर्बद्धन र बिकासको लागि महोत्सवमा खुल्ला ब्याडमिन्टन,स्थानिय खेल प्रतिभाहरुको पहिचान र बिकासको लागि वडा स्तरिय भलिबल प्रतियोगिता,कला संस्कृतिको बिकास र संरक्षणको लागि सैनामैना डान्सिङ प्रतियोगिता,नगर स्तरिय बिधालय लोक तथा नृत्य प्रतियोगिता र मम्मी डान्स प्रतियोगिता संचालन गर्ने प्रचार प्रसार संयोजक अधिकारीले स्थानिय संचारकर्मीहरुलाई जानकारी दिनु भएको छ । संघका महासचिव दीपक अधिकारीले यसपालीको महोत्सव भ्रमण बर्षलाई लक्षित गरी महोत्सवको पकृतिलाई परिबर्तन गरिएको बताउदै महोत्सवको अवलोकन गर्न आएका दर्शकहरुका लागि सैनामैना नगर भित्रका महोत्वपुर्ण पर्यटकिय क्षेत्रहरुको भ्रमण हात्तीबाट सवारबाट गराइने बताउनु भएको छ।बिशेष गरी सैनामैना नगर भित्र रहेका परमेश्वर बोलबमधाम,मलमला देबी,ऐतिहासिक रानीकुवा लगायतका स्थलहरुको पर्यटन पर्बद्धन गर्न ती स्थानहरुको भ्रमण हात्ती सवारबाट गराइने बताउनु भएको छ।महोतसव सैनामैना नगरपालिका वार्ड नं। ४,मुर्गिया स्थित निमार्णाधिन बहुद्धेश्यिय रंगशालामा हुने आयोजकले जनाएको छ।












