आज बढ्यो सुन चाँदीको मूल्य ! हेर्नुस् कति पुग्यो तोलाको

प्रकाशित मिति:

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य ३ सयले बढेको छ । आज सुन तोलामा ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुन पनि ३ सयले बढेको छ। बजारमा तेजाबी सुनको मूल्य तोलामा ७१ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । यस्तै, चाँदी तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी तोलमा ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।