सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदह रुपन्देहीको २०औ साधारण सभा सम्पन्न भएको छ । सस्थाकी अध्यक्ष्य टिका न्यौपानेको अध्यक्ष्यता तथा प्रदेश न् ५ का सभासद डा कृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले ८० लाख बराबरको मुनाफा प्रस्तुत गरेको छ । वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष न्यौपानेले कुल पुजी ३८ करोड २३ लाख बराबरको आय ब्यय प्रस्तुत गर्नुभएको थियो ।
हालसम्म ३५ करोड ७३ लाख कर्जा लगानी गरेको सो साधारण सभामा बोल्दै सभासद न्यौपानेले कृषिको आधुनिकिकरण आवश्यक रहेको बेला कृषि शहकारीले खेलेको भूमिका ठुलो रहेको बताउनुभयो । उहाले ससाना उद्दमी कृषि, पशुपालनमा आकर्शित भईरहेको बेला ग्रामीण भेगमा कृषि सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सस्थाको प्रगतिमा साथ दिने सबै सहकारीलाई धन्यवाद दिदै उहाले कृषिमै अगाडि बढ्न यस्तो सहकारीको ठुलो भूमिका रहने बताउनुभयो । २० औ साधारण सभाको अवसरमा बोल्दै सस्थाकी अध्यक्ष टिका न्यौपानेले सस्थाको प्रगतिमा साथ दिने सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । सो साधारण सभामा बिशिश्ठ अतिथी रास्ट्रीय सहकारी संघका अध्यक्ष भिम तुलाचन, कृष्ण कुमारी सुबेदी , देवदह नगरपालिकाका प्रबक्ता झिल्लु प्रसाद न्यौपाने , केशब शर्मा , देवदह ब्यापार संघका प्रतिनिधि , उध्योग बाणिज्य संघ देवदहका प्रतिनिधि लगायतले बोल्दै सस्थाको प्रगतिको शुभकामना ब्यक्त गरेका थिए । सस्थाका उपाध्यक्ष डण्डपाणी भट्टराईको स्वागतमा शुरु सो साधारण सभामा सहकारी लघुनाटक देसभक्ती नृत्य प्रस्तुत गरिएको थियो।
लेखा सदस्य सरस्वती पोख्रेलले सस्थाको लेखा प्रतिबेदन प्रस्तुत गरेको सो साधारणसभाको सन्चालन सस्थाकी प्रबन्धक सरला सुबेदीले गर्नुभएको थियो । शहकारीले आफ्नो साधारण सभाको अवसरमा जेष्ठ सदस्य सम्मान ,एसईई सम्मान लगायतका सम्मान समेत गरेको छ । देवदहकै सबैभन्दा ठुलो सहकारीको रुपमा रहेको सो कृषि सहकारीले हाल ३ हजार ७१ सदस्य रहेको सन्ख्या लाई बढाएर यसै आर्थिक बर्षसम्म ३ हजार ३ सय ८१ पुर्याउने लक्ष्य राखेको छ ।












