भाेली देखी बुटवलमा औद्योगिक प्रर्दशनी

प्रकाशित मिति:

बुटवल । तेश्रो राष्ट्यि औद्योगिक प्रर्दशनी तथा व्यापार मेला शुक्रवारदेखी बुटवलमा शुरु हुदैछ । उद्योग व्यापार संघ बुटवल रुपन्देहीको आयोजना तथा जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिकाको प्रर्वद्धनमा हुन लागेको औद्योगिक प्रर्दशनीमा असोज २८ गते सम्म बुटवल मण्डपमा हुन लागेको हो ।

प्रर्दशनीको एक भव्य कार्यक्रमका विच प्रदेश नं ५का मुख्यमन्त्रि शंकर पोखरेलले दिनको ११ वजे उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक प्रविण पाठकले जानकारी दिए ।

विहान साढे ८ वजे प्रर्दशनी स्थल बुटवल मण्डपबाट सचेतना मुलक झाकी सहितको ¥याली निकालीने छ । ¥याली बुटवल नगरपरिक्रमा पछि प्रर्दशनी स्थलमा समापन हुने प्रचार प्रसार उप समितिका संयोजक नेत्र रुचालले जानकारी दिए । औद्योगिक उत्पादन, कृषी उत्पादन, अटोमोवाईल्स, गार्मेट, खाद्यान्न, फूटवेयर लगायतका विभिन्न प्याभिलियन बनाईएको छ भने दशै सस्तो बजारको लागि छुट्टै प्याभिलियन बनाईएको छ ।

प्रर्दशनी स्थलमा ४ सय १५ भन्दा वढि स्टल रहेको प्रर्दशनीका संरक्षक तथा पुर्व अध्यक्ष खिम नारायण पराजुलीले बताए । स्टलको शुरक्षा व्यवस्था कडा बनाएको छ । प्रर्दशनी स्थल पुरै सिसिटिभीको निगरानीमा रहेको छ भने चौविसै घण्टा आन्तरिक शुरक्षा गार्ड खटाईएको छ ।

प्रर्दशनीको मुख्य आकर्षण नौ तले धरहराको उद्घाटन पछि सर्वसाधारणको लागी खुल्ला गरिने मेलाका अर्का संरक्षक तथा निर्वतमान अध्यक्ष खेम श्रीसले बताए । करिव २२ लाख रुपैया खर्च गरे भूकम्पले ध्वस्त भएको धरहराको प्रतिरुप प्रर्दशनी स्थलमा निर्माण गरिएको छ ।

प्रर्दशनीलाई सांस्कृतीक मय बनाउन स्थानिय तथा राष्ट्यि कलाकारहरुको प्रस्तुती रहने सांस्कृतीक संयोजक एवं संघका उपाध्यक्ष सिताराम रसाईलीले जानकारी दिए । राष्ट्यि कलाकारहरु वद्री पगेनी, शिव परियार, सनुप पौडेल, एन्जीला रेगमी सुजता पाण्डे लगायतको वेजोड प्रस्तुती रहने उनले बताए । त्यसै गरी प्रर्दशनीमा फेशन शो, बिट कन्टेक्स, खुल्ला डान्स प्रतियोगिता हुने छ ।

‘स्वाधिन अर्थतन्त्रको लागि राष्ट्यि औद्योगिकरण तथा व्यापार विविधिकरण’ भन्ने मुख्य नाराकासाथ आयोजना गरिएको मेलाका २० करोड भन्दाको वढि कारोवार हुने आयोजकले जनाएका छन ।