अमरज्योति बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा

प्रकाशित मिति:

बुटवल २० आश्विन, २०७५ । शनिबार ।

बुटवलमा सञ्चालित अमरज्योति बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा आज (शनिबार) बुटवलमा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष टंकनाथ अधिकारीको अध्यक्षतामा भएको साधारण सभाले आगामी आर्थिक वर्षका लागि १० करोड रूपियाँ बराबरको बजेट पारित गरेको छ ।

त्यस्तै, सभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

सहकारीका सचिव कृष्णप्रसाद पौड्यालको सञ्चालनमा भएको साधारणका सभाका अवसरमा प्रमुख अतिथि इलाका प्रशासन कार्यालय बुटवलका प्रशासकीय अधिकृत ध्रुव नेपालले एक व्यक्ति एक सहकारी अभियान कार्यान्वयनमा जोड दिनुभएको थियो ।

कार्यक्रममा शेयर सदस्य परिवारका ८४ वर्ष नाघेका १२ जना ज्येष्ठ नागरिक, एस.ई.ई. का उत्कृष्ट ४ जना विद्यार्थी, एम.डी.को छात्रवृत्तिमा सफल हुने डा. सरोज चापागाईँ, निजामति अधिकृतमा सफल हुने दिनेश ज्ञवाली, विद्यावारिधी गर्ने डा. माधवप्रसाद घिमिरे, प्रवल जनसेवाश्री पदकबाट विभूषित लोकनाथ उपाध्याय र संस्थापक अध्यक्ष मिनराज ज्ञवालीलाई सम्मानित गरिएको थियो ।

संस्थाका उपाध्यक्ष केशवराज पोखरेलको स्वागतमा भएको कार्यक्रममा विष्णुप्रसाद बस्याल, शालिकराम पौडेल, लक्ष्मणप्रसाद ज्ञवाली, अमर खड्का, मेघराज न्यौपाने, दुर्गा आचार्य लगायतले बोल्नुभएको थियो ।

साधारण सभामा लेखा संयोजक तुल्सा शर्माले लेखा प्रतिवेदन प्रस्तुत गरेको शिक्षा उपसमितिका संयोजक मेघराज न्यौपानेले जानकारी दिनुभयो ।