बनबाटिकाको अधिबेशन प्रक्रियामा धाधली भएको भन्दै न्यायिक समिति समक्ष मुद्दा दर्ता

प्रकाशित मिति:

प्रकाश पाण्डे / तिलोत्तमा –  शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्र बनबाटिका तिलोत्तमा १,२ शंकरनगरको साधारण सभा तथा अधिबेशनको निर्बाचन प्रक्रियामा धाधली भएको भन्दै उम्मेदवारहरुले नगरपालिकाको कार्यालय मणिग्राम न्यायिक समिति समक्ष न्यायको लागि मुद्दा दर्ता गराएको छ । निर्बाचनको सबै प्रक्रिया निर्बाचन तालिका अनुसार भएको र अन्तिम नामावली प्रकाशित नगरी र निर्बाचन नगराई दलिय प्रभावमा रही समिति गठन गर्न लागेको भन्दै कार्यसमिति र लेखा समितिमा उम्मेदवार दिएका ४ जनाले न्यायिक समिति समक्ष निबेदन पेश गरेका छन् । आज बिहानै पत्रकार सम्मेलन गरि बिरोध जनाएका उम्मेदवारले आफूमाथि अन्याय भएको भन्दै न्यायिक समिति समक्ष निबेदन पेश गरेका छन् ।

उम्मेदवारी फिर्ता गर्ने मिति माघ २४ गते सम्म रहेकोमा कसैले फिर्ता नगरेपछि नेकपा , नेपालि कांग्रेस र जनमुक्ति पार्टी मिलि आफ्नो मुढेबलका आधारमा एकल निर्णय गरि माघ २८ गते साधारण सभामा नाम घोषणा गर्ने गरि तयारि भएको उम्मेद्वारी दिएका बिदुर केसीले बताए । उनले पहिले उम्मेदवारी दिन आग्रह गर्ने संयोजक सहित पुराना पदाधिकारीहरुले आफुहरुसंग कुनै छलफल नै नगरी त्यस्तो निर्णयमा पुगेकोमा आपत्ति जनाएका छन्।

निर्बाचन तालिका अनुसार नया कार्यसमितिको लागि उम्मेदवारी दिने हरुको अन्तिम नामावली माघ २५ गते दिउसो २ बजे रहेकोमा तालिका सार्बजनिक नगरी एकल रुपमा निर्णय गरि आफुहरुको अपमान गरेको भन्दै अर्का लेखा समितिमा सदस्य पदका उम्मेदवार गोबिन्द भुसालले निर्णय सच्याएर अघि बढ्न आग्रह गरेका छन् । उनले उम्मेद्वारी दर्ता गराएपछि आधिकारिक रसिद कटाएपछि आधिकारिक रुपमा उम्मेदवारी फिर्ता लिनुपर्ने वा नदिएमा बिधान र निर्बाचन पद्दति अनुसार साधारण सभा र अधिबेशन अघि बढाउनु पर्ने बताए । उम्मेदवार भुसालले प्रक्रिया अनुसार नगए कानुनी प्रक्रिया अपनाएर भएपनि आफुहरुले क्षतिपुर्तिका लागि न्यायिक समिति समक्ष निबेदन पेश गर्ने गरि अघि बढेको बताए ।

त्यस्तै अर्का उम्मेदवार सन्दिप भट्टराई र सुरज बिकले समेत बलियो सस्थाको कमजोर र घिनलाग्दो प्रक्रियाले असहज बनाएको बताएका छन् । “हामी देशको निर्बाचनको मुलमन्त्र अनुसार सहभागी हुन पाउने नागरिकको अधिकार हनन हुन नदिन हारजित स्वीकार गरि अघि बढ्न चाहन्छौ“, कुराकानीका क्रममा उम्मेदवार सन्दिप भट्टराइले बताए । अर्का उम्मेदवार सुरज बिकले निर्बाचन समिति संयोजकले नै घोषणा भैसक्यो २८ गतेलाइ फिक्स भयो अब निर्बाचन हुदैन भनेपछी आफु अचम्मित भएको गुनासो गरे । उनले निर्बाचन संयोजकको भूमिकामा संयोजक केशव न्यौपाने चुकेको समेत बताए ।

आज जोगिकुटिमा आयोजित पत्रकार सम्मेलनमा उम्मेद्वारी दिएकाले बिरोध गरेपछि हामीले गरेको सम्पर्कमा निर्बाचन संयोजक केशव न्यौपानेले आगामी समितिलाइ ३ दल बसेर निर्णय गरिसकेको र आफुहरु चुनाव गराउन नचाहेको बताएका छन् । उनले उम्मेद्वारी दिएका सबैसंग बसेर सल्लाह भैसकेको र सबैले बिरोध नजनाउने भएपछी यस्तो निर्णयमा अघि बढेको बताएका छन् । माघ २८ गते सम्पन्न हुन लागेको साधारण तथा अधिबेशनको पूर्ण तयारि भएको र सस्थाको बिधान अनुसार अघि बढेको उनको भनाइ छ ।