आज बढ्यो सुन चाँदीको मूल्य ! हेर्नुस् तोलाको कति ?

प्रकाशित मिति:

बुटवल – नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार रहेको थियो । भने आज तोलामा ५ सयले बृद्धि भइ प्रतितोला सुन ७६ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको ७६ हजार २ सय रहेको छ । साथै आज चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । शु्क्रवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो । भने आज मूल्यमा बृद्धि भइ प्रतितोला चाँदी ८ सय ८५ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।