काठमाडौं । कोरोना भाइरस कोभिड–१९० को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ ।
जसअनुसार कारोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जा असार मसान्तसम्ममा तिर्दा हुने राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको उनले बताए । ‘चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरे पनि थप ब्याज तथा हर्जना लाग्दैन’ शिवाकोटीले भनेका छन् ।
यदि कसैले चैत महिनामा नै तिर्न चाहे ब्याजमा १० प्रतिशत छुट पाउने छन् । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने पनि बताएको छ । साथै पुर्नकर्जा कोष ६० अर्बको पुर्याउने र पुनर्कर्जा सुविधा बढाउने पनि राष्ट्र बैंकले बताएको छ ।अनलाईनखवर वाट साभार