कोरोना नियन्त्रण कोषमा नेपाल बैंकद्धारा ५ लाख सहयोग

प्रकाशित मिति:

बुटवल । चैत्र २० । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश न ५ ले बुधवार प्रदेश ५ को कोरोना रोकथाम र नियन्त्रण कोषमा ५ लाख रुपैयां सहयोग गरेको छ । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रमुख पासाङ दोर्जी शेर्पा सहित मुर्गिाया शाखा प्रबन्धक सुरेन्द्र आले,ठुटीपिपल शाखा प्रबन्धक झविन्द्र अधिकारी,मणिग्राम शाखा प्रबन्धक लोकनाथ भुषाल र प्रदेश कर्मचारी रिसब गौतमको टोलीले मुख्यमन्त्रि कार्यालय पुगी रकम हस्तानतरण गरेको प्रादेशिक प्रमुख शेर्पाले बताए । बैंकले विषम परिस्थितीमा विभिन्न शाखा मार्फत सामाजिक कार्य गरिरहेको छ , उनले भने, केन्द्रिय कार्यालयले १ करोंड रुपैयां सहयोग गरेको छ । हरेक प्रदेशमा रहेका कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ लाख सहयोग गरेको उनले बताए । मुख्यमन्त्रि शंकर पोख्रेलले सहयोगका लागि बैंकलाई धन्यवाद ज्ञापन गरे । महामारी विरुद्ध सबै मिलेर लाग्नुपर्छ, उनले भने,े ग्राहक सुरक्षा र प्रभावकारी सेवाका लागि समेत ध्यान दिनुपर्छ ।